प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

२०८२-०७-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ कालीमाटीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम र नगद ५ हजार रूपैयाँ सहित काठमाडौं शालिक चोक बस्ने भारत सुनौली घर भएका २१ वर्षीय निकेश शाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, कोशी गाउँपालिका-७ हरीपुर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७४ ट्याब्लेट र डिकोलिक ८९ ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-११ बस्ने २७ वर्षीय प्रशान्त स्याङतान र २६ वर्षीय राजन थोकर रहेका छन् । अस्थायी प्रहरी चौकी हरीपुरबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना.३ ख ३८०१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक प्रशान्त र सहचालक राजनलाई पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१३ सोमबारेबाट अवैध लागूऔषध गाँजा २५ किलोग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय आकाश पटेल र २७ वर्षीय रवि सरदार रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, कोशी गाउँपालिका-८ तिनकुनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-२ बस्ने २४ वर्षीय बसन्त कुमार मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको    छ । इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय १८ ट्याब्लेट सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१७ बस्ने १९ वर्षीय मनिष परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय  नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-९ माताटोल बस्ने ३० वर्षीय गणेश सुनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय २० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-२ अत्तरिया लम्साल गल्लीस्थित बोगटी होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ सय ७ ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटल संचालक डोटी जोरायल गाउँपालिका-९ बस्ने ३७ वर्षीय ओम प्रकास थापा र कैलाली गोदावरी नगरपालिका-२ बस्ने बझाङ बुङ्गल नगरपालिका-५ घर भएका ४१ वर्षीय नरेश प्रसाद जोशी रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले उक्त होटलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

सिराहा, नवराजपुर गाउँपालिका-४ नवराजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी सुरुङ्गा नगरपालिका-७ चक्रदहा बस्ने २१ वर्षीय बिक्रान्त चौधरी र सिराहा लहान नगरपालिका-१ मटिहरवा बस्ने २६ वर्षीय शितल चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.१० प ७८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-५ लल्का पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पटेर्वा सुगौली गाउँपालिका-६ बस्ने ३५ वर्षीया सुसिला देवी र पोखरिया नगरपालिका-७ बस्ने ३० वर्षीया पुजा देवी रहेकी छिन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
करिब ६ सय ७८ किलो गाँजा सहित दुई जना पक्राउ
२०८२-०८-२२

मोरङ, रतुवामाई नगरपालिका-१ हटियाडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ७८ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने २१ वर्षीय समेल राई र सोही गाउँपालिका-१ बस्ने २२ वर्षीय विक्रम विशुङ्खे रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ३८२५ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको ढाला भित्र लुकाईछिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी चालक समेल र ट्रक साहु विक्रमलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०८-२२

कञ्चनपुर, बेदकोट नगरपालिका-८ भाँसीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय महेन्द्र डगौरालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट गैलनदीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ३ सय ६० मिलिग्राम सहित कञ्चनपुर लालझाडी गाउँपालिका-५ बस्ने २७ वर्षीय गोविन्द विष्टलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-९ प्रगती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सायर घिमिरे, २१ वर्षीय सुशिल घिमिरे र २२ वर्षीया पूर्णीमा पराजुली रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, दमक नगरपालिका-५ बस्ने मोरङ विराटनगर महानगरपालिका-१ घर भएका १९ वर्षीय निरज मुखियालाई अवैध लागूऔषध खेरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट र डाईक्लोमाइन २६ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-४ मनकामना चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-१० बस्ने २९ वर्षीय बिरेन्द्र राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-११ मनाही टोलबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-६ बस्ने २१ वर्षीय रामनाथ यादव र भारत बिहार सुपौल बिरपुर-३ घर भएका १९ वर्षीय भुषण कुमार यादव रहेका छन् । प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरीले प्रकाशपुरबाट मधुवनतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प ३४९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । जुम्ला, चन्दननाथ नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित तिला गाउँपालिका-९ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२१ बस्ने २४ वर्षीय गोलु बढईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले भे.१ ह ९५१० नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गोलुलाई पक्राउ गरेको हो । मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ भुल्केधाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय देव लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, कालिका नगरपालिका-६ खोलेसिमलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २० वर्षीय सन्जय गैरे र सोही नगरपालिका-२ बस्ने २८ वर्षीय राजन महतो रहेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ना.२० प ३६६८ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०८-२२

चितवन, राप्ती नगरपालिका-११ डुम्रेखाडीबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ८ सय ग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने २७ वर्षीय पन्चे तामाङ र ३० वर्षीय अपिल तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.२२ प १२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २९ मिलिग्राम सहित दमक नगरपालिका-१ बस्ने ३० वर्षीय रोशन भुजेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०८-२१

काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ५० ट्याब्लेट सहित नागार्जुन नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-१३ स्थित साबिर गाडी ग्यारेजबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४९ किलोग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-४ बस्ने २९ वर्षीय ईन्द्र लिम्बु, सहिदभूमी गाउँपालिका-४ बस्ने २५ वर्षीय जिपसन लिम्बु र भारत घर भएका २६ वर्षीय साबिर आलम रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त ग्यारेजमा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी ग्यारेज संचालक साबिर समेत तीनै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.१ ज २०१८ नम्बरको बोलेरो पिकअप समेत बरामद गरेको छ ।यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ पिण्डेश्वरीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट र डिकोलिक ४ सय ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय भलराम श्रेष्ठ समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले को.३५ प १८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सर्लाही, हरिवन नगरपालिका-५ हिरालाल टोलबाट अवैध लागूऔषध गाँजा करिब ५१ किलो ५ सय ग्राम सहित रौतहट यमुनामाई गाउँपालिका-४ सरूअठा टोल बस्ने ३७ वर्षीय सुरेन्द्र राय यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले ज.१ च १५५८ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा पछाडिको भागमा २ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक यादवलाई पक्राउ गरेको हो । रूपन्देही, कोटहीमाई गाउँपालिका-५ मझगवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय १० मिलिग्राम सहित सिद्धार्थनगर नगरपलिका-२ मेउडिहवा बस्ने २० वर्षीय सुभान केबट समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-७ उढरा बस्ने २५ वर्षीय तौफिक खाँ लाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८२-०८-२०

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध गाँजा करिब ९ किलो सहित मकवानपुर मकवानपुरगढी गाउँपालिका-८ डटखोला बस्ने ४१ वर्षीय श्याम पाख्रिनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०६१२ नम्बरको इभी गाडीमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-२० बरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ११ किलो ५ सय ग्राम सहित सोही उपमहानगरपालिका-२० बस्ने १९ वर्षीय मौसम राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका-६ बस्ने २९ वर्षीय सुजन दाहाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ बसडिलवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६८ ग्राम ५ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-१ बेलहिया घर भएका २० वर्षीय मुकेस थापा समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कैलाली, गौरीगंगा नगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ स्थित स्वस्तिक होटलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७ किलो ५ सय ग्राम सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ छबिसपाथिभेरा गाउँपालिका-७ बस्ने २८ वर्षीय बम बहादुर धामी, ४२ वर्षीय जनक जाग्री, बझाङ सुर्मा गाउँपालिका-३ बस्ने २५ वर्षीय अमृत बोहरा र दार्चुला महाकाली नगरपालिका-२ बस्ने ५० वर्षीय रूपसिंह सितोली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ श्रीजना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सनत बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-६ मैनापोखर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ९ सय ७० मिलिग्राम सहित गुलरीया नगरपालिका-११ लालपुर बस्ने २६ वर्षीय प्रबेश चमार समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले मैनापोखर बजारबाट बाँसगढीतर्फ जाँदै गरेको बा.प्र.०२-०२७ प ०७४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय मोहमद अकबरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका-६ गोलबजार बस्ने २४ वर्षीय आशिष कुमार साहलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले प्रदेश २-०१-००२ प ६२३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । महोत्तरी, बर्दिबास नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४७ ग्राम ६ सय २० मिलिग्राम सहित जलेश्वर नगरपालिका-६ बस्ने २६ वर्षीय बिक्कि कुमार मिश्र समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले प्र.२-०२-००५ प ३१५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५६ मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्पा रामपुर नगरपालिका-८ बस्ने २२ वर्षीय मनिष ठकुरी र कास्की रूपा गाउँपालिका-५ बस्ने २५ वर्षीय रन्जित नेपाली रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०१९१ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम ९ मिलिग्राम सहित ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-३१ बेगनास नहरचोक बस्ने ३० वर्षीय मिलन क्षेत्री, सोही महानगरपालिका-३० शिसुवा बस्ने सोही महानगरपालिका-२७ रिठ्ठेपानी घर भएका २३ वर्षीय हसन भण्डारी, सोही महानगरपालिका-२६ जलधारे बस्ने ४३ वर्षीय बिक्की परियार र सोही महानगरपालिका-२७ शिसुवा बस्ने मादी गाउँपालिका-३ घर भएका ३७ वर्षीय उदिप गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्वत, जलजला गाउँपालिका-३ पानीट्याङकीस्थित सडकबाट अवैध लागूऔषध गाँजा ११ किलो ७ सय ५० ग्राम र चरेस जस्तो देखिने पदार्थ २ सय ६० ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी अन्नपुर्ण गाउँपालिका-८ बस्ने ४२ वर्षीय देव बहादुर पुर्जा र ४२ वर्षीय युवराज गर्बजा रहेका छन् । प्रहरी चौकी वारिवेनीबाट खटिएको प्रहरीले म्याग्दीबाट पोखरातर्फ जाँदै गरेको ग.३ च ५१४९ नम्बरको पिकअप जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक देव बहादुर र सहचालक युवराजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०८-१९

काठमाडौं महानगरपालिका-६ बाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ३९ ट्याब्लेट सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सर्लाही घर भएकी ३५ वर्षीया पुनम कुमारी, काठमाडौं गुहेश्वरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ घर भएका ३६ वर्षीय मनिष धिताल र काठमाडौं माहांकाल बस्ने मेलम्ची नगरपालिका-५ घर भएका ३७ वर्षीय सुशिल कुईकेल रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम ४० मिलिग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय फडिन्द्र राज पुरी, सोही उपमहानगरपालिका-१९ सानान्टार बस्ने बकैया गाउँपालिका-७ छतिवन घर भएका ४० वर्षीय सुवास खत्री र सोही उपमहानगरपालिका-११ नवलपुर बस्ने मनहरी गाउँपालिका-५ हाडिखोला घर भएका ३४ वर्षीय विनोद तिवारी रहेका छन् । प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने १८ वर्षीय २ जना किशोरहरूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकि बुट्टाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-९ बस्ने ३५ वर्षीय बिनोद मर्डीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, गोदावरी नगरपालिका-३ नहर बस्ने २० वर्षीय उत्सव श्रेष्ठलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।चितवन, भरतपुर महानगरपालिका-१७ भुवन बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ७ सय ५० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय तेज बहादुर राना मगर र २१ वर्षीय अश्मिन थापा रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, गौरीगंगा नगरपालिका-८ गिधनिया बस्ने २९ वर्षीय मनोज बस्नेतलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्राम ७५ मिलिग्राम र डिजिटल तराजु १ थान सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरिया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको भे.४ प २३७५ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।