वन अतिक्रमण मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०३-१४
- A
- A-
- A+
कञ्चनपुर, वन अतिक्रमण मुद्दाका फरार प्रतिवादी कञ्चनपुर बेदकोट नगरपालिका-२ दैजी बस्ने मोहन जंग रोकायालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कञ्चनपुरको २०७३ माघ १३ गतेको फैसलाले उक्त मुद्धामा ५ महिना ५ दिन कैद सजाय र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएकोमा कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।