प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध गाँजासहित पक्राउ तथा बरामद

२०८०-०१-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ देउराली भञ्जाङबाट अवैध लागूऔषध गाँजा १ किलो २० ग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ टुक्टिन बस्ने ३४ वर्षीय बिराज लामा र सोही ठाउँ बस्ने २८ वर्षीय शान्ताराज तामाङ रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.३-०२-००९ प ४६८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो । 

सर्लाही, ब्रहम्पुरी गाउँपालिका-५ सखुअवा नाकाबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम आइतबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पर्सा र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सखुअवाबाट गस्तीमा खटिएको संयुक्त प्रहरी टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३० डी ५८८५ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरू मोटरसाइकल छोडी फरार भएपछि बोरामा रहेको उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित पक्राउ
२०८०-०६-१६

पर्सा, वीरगंज महानगरपालिका-२१ विरगंज पथलैयाबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही महानगरपालिका-२८ बगही बस्ने ४४ वर्षीय फागु साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बीरगंजबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सर्लाही, ईश्वरपुर नगरपालिका-५ बारान टोलबाट नियन्त्रित लागू औषध १ सय एमएलको २ सय २ बोतल विनसिरेक्ससहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ब्रहम्पुरी गाउँपालिका-५ बस्ने २७ वर्षीय  कारी पासवान र २० वर्षीय अग्लेक्स पासवान रहेका छन् । ईलाका प्रहरी कार्यालय केसरगंजबाट खटिएको प्रहरीले बीआर ३० आर ९०३९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा जुटको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।   दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८०-०६-१६

कैलाली, गोदावरी नगरपालिका-६ घुएरा बस्ने २६ वर्षीय जय किसन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र अस्थायी प्रहरी पोष्ट श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-८ खजुरा बस्ने ५५ वर्षीय बालसरा कार्कीसमेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम, नगद २ लाख १९ हजार रूपैयाँ र सानो डिजिटल तराजु १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत, प्रदेश ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले बालसराको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ६ सय ८८ मिलिग्रामसहित पोखरा महरनगरपालिका-७ अन्नपूर्ण टोल बस्ने तनहुँ बन्दिपुर गाउँपालिका-५ घर भएका ४० वर्षीय आईतसिंह गुरूङ समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषधसहित दुई जना पक्राउ
२०८०-०६-१५

झापा, मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुद्धशान्ती गाउँपालिका-४ बस्ने ३६ वर्षीय सुरज थेवे र शिवसताक्षी नगरपालिका-७ बस्ने ४२ वर्षीय अमृत श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा सुरजको साथबाट उक्त लागूऔषध बरामद गरी दुवै जनालाई पक्राउ गरेको हो । सप्तरी, हनुमाननगर कंकालनी नगरपालिका-१४ डलुवाबाट अवैध लागूऔषध गाँजा करिब १ सय केजी सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ ४ जना मानिसहरुले टाउकोमा बोकेको बोरा फाली फरार भएपश्चात् प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । हाल फरार व्यक्तिहरुको खोजी भइरहेको छ ।  सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८०-०६-१४

काठमाडौं महानगरपालिका-१६ कालधारास्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ केजी, नगद ९ हजार रूपैयाँ र भिषा कार्ड ७ थानसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ घर भएका ३१ वर्षीय गोबिन्द्र तामाङ र २७ वर्षीय मुस्कान लामा रहेका छन् । लागूऔषध चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-५ स्थित त्रिवेणी होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय मिलिग्राम र नगद ५ हजार ५ सय रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ घर बताउने २१ वर्षीय उत्तम दर्जी र ईलाम सुर्योदय नगरपालिका-२ घर बताउने २० वर्षीया सन्ध्या बिश्वकर्मा रहेका छन् । लजमा लागूऔषध ब्राउन सुगर कारोबारको भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरू बसेको होटलको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।   दुवै सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
२०८०-०६-१३

बाँके, नेपालगंज उपमहानगरपालिका-१४ गोसाईपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेश गिरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनको घर तलासी गर्दा थप ५ सय मिलिग्राम उक्त पदार्थ फेला पारी बरामद गरेको छ । झापा, भद्रपुर नगरपालिका-५ मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ४ सय मिलिग्रामसहित भारत पश्चिम बंगाल राज्य उत्तर दिनजपुर दलखोला शिखरपुर घर भई हाल झापा अर्जुनधारा नगरपालिका-६ महानन्द चोक डेरा गरी बस्ने २८ वर्षीया सन्जरी खातुनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचिपुल र सशस्त्र प्रहरी बल बिओपी भद्रपुरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । मोरङ, केराबारी गाउँपालिका-१० झागुटे टोल बस्ने ४० वर्षीया कौशिला मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ८० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उक्त लागूऔषध खरिद गर्न आएका सोही गाउँपालिका-१० बस्ने ३८ वर्षीय किरण मगर र ३५ वर्षीय निराकारमान मगर समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुर, बेलौरी नगरपालिका-१० बस्ने २२ वर्षीय दीपक चौधरी र सोही नगरपालिका-८ बस्ने ३३ वर्षीय सागर ठगुन्नालाई अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ७ सय ४० मिलिग्रामसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडा र ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बेलौरी नगरपालिका-१० स्थित सागर ठगुन्नाको काठको मिल तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-११ डुम्रेखाडीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी र नगद १८ हजार रूपैयाँसहित नवलपरासी पश्चिम रामग्राम नगरपालिका-१२ बस्ने १९ वर्षीय अर्जुन भर समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी चितवन, राप्ती नगरपालिका-२ गडौलीबाट अवैध लागूऔषध गाँजा करिब २६ केजी गएराति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ बोरामा बोकी ल्याएको सामान फाली मानिस फरार भएपश्चात सामान तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।