बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-०२
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरारा प्रतिवादी दोलखा भीमेश्वर नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-४ बस्ने ३५ वर्षीय सुमन बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७९ माघ ६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ महिना कैद र ३ करोड ७५ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो । उनले हिमालय बैंक लिमिटेडमा रहेको आफ्नै बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।