अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-०३-१९
- A
- A-
- A+
काठमाडौं, कीर्तिपुर नगरपालिका-६ जाल्पादेवी मन्दिर एरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३४ ग्राम ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम घर भएका २१ वर्षीय राज कुमार सुनुवार र २१ वर्षीय मनिराज मुखिया रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बारबर्दिया नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ सय ३२ ग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय गणेश चपाईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।