प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध हातहतियार र लागूऔषधसहित दुई जना पक्राउ

२०८०-०७-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं, पेस्तोल १ थान, गोली ३ राउण्ड र अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ग्राम, डिजिटल तराजु १ थान र नगद ५० हजार रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा मुलपानी बस्ने भारत वेष्ट बंगाल नक्सलबारी ठेगाना भएका ४८ वर्षीय मोहमद करिम र झापा कचनकवल गाउँपालिका-७ ठेगाना भएका ३७ वर्षीय हर्क बहादुर लिम्बु रहेका छन् । 

कागेश्वरी मनोहरा नगरपालिका-९ गोठाटारमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीलाई लक्षित गरी लागूऔषध कारोवारीले पेस्तोलबाट फायर गर्न लाग्दा प्रहरीको तर्फबाट जवाफी कारवाहीमा मोहमद करिम घाइते भई तत्काल उपचारको लागि मदर ल्याण्ड अस्पताल पेप्सिकोलामा लगिएको र घटनामा संलग्न हर्कबहादुर समेतलाई प्रहरीलेपक्राउ गरेको हो । पक्राउ परेका हर्कबहादुर २०७४ चैत २९ गते मानव वेचविखन मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
१ थान पेस्तोल र २० थान गोली सहित ३ जना पक्राउ
२०८०-०८-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बाट १ थान पेस्तोल र २० थान गोलीसहित सोही उपमहानगरपालिका-९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।सोही उपमहानगरपालिका-९ स्थित सूर्य प्रसाद पौडेलको घरमा मंसिर १८ गते गोली प्रहार भएको घटनाको अनुसन्धानको क्रममा घटनामा उनीहरूको संलग्नता खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूबाट हतियार सफा गर्ने रड १ थान, लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम, लागूऔषध तौल गर्ने डिजिटल तराजु २ थान, मोटरसाइकल २ थान, मोबाइल ५ थान, नगद ५० हजार रूपैयाँ र घटनामा प्रयोग भएको कपडा १ थानसमेत प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न हातहतियार सहित पक्राउ
२०८०-०८-२२

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ कालिमाटी डेरा गरी बस्ने सर्लाही घर भएका २२ वर्षीय कुशल मल्लिक, ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल डेरा गरी बस्ने काभ्रे धुलिखेल घर भएकी २८ वर्षीया काँजल मल्लिक समेत ४ जनालाई हातहतियारसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । कुशलले हातहतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-१४ नैकापबाट उनलाई पक्राउ गरेको र थप अनुसन्धानको क्रममा काँजलको कोठामा गितारको कभरमा लुकाई राखेको अवस्थामा मेड ईन युएसए लेखेको टुटु बोरको राईफल १ थान र दुई  नाले टोटावाल बन्दुक १ थान बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।   बर्दिया, गुलरिया नगरपालिका-४ रामपुर टापु बस्ने ६५ वर्षीय गोपाल सिंह रानाक्षेत्रीलाई भरूवा बन्दुक १ थानसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीको घरमा अवैध हतियार रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई घरमा लुकाई राखेको उक्त बन्दुकसहित पक्राउ गरेको हो । पर्वत, मोदी गाउँपालिका-६ गिज्याङस्थित गिज्याङ सामुदायिक वनबाट भरुवा बन्दुक १ थानसहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रशान्त नेपाली र धादिङ घर भएका ३० वर्षीय गर्ज घलेलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कच्ची घरभित्र लुकाई राखेको विभिन्न हातहतियार बरामद
२०८०-०८-०४

रौतहट, यमुनामाइ गाउँपालिका-३ मलेनियास्थित फुसको छानो भएको कच्ची घरबाट मेड इन युएसए लेखिएको पेस्तोल २ थान, पेस्तोल १ थान, एयर गन १ थान, गोली १३ राउण्ड, पेस्तोलको खाली म्याग्जिन ६ थान, मोबाइल २ थान, घडि १ थान, सिमकार्ड ४ थान, पेनड्राइभ १ थान र शेख एजाज अहमदको नामको नेपाली नागरिकता १ थान आइतबार साँझ बरामद भएको छ ।  उक्त घरभित्र हातहतियार लुकाइ राखेको भन्ने जिल्ला प्रहरी कार्यालय रौतहटमा सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसमेतको संयुक्त टोलीले घर तलासी गर्दा उक्त हातहतियार फेला पारी बरामद गरेको हो ।  बरामद हातहतियार ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा राखि प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।