भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८१-०३-२१
- A
- A-
- A+
संखुवासभा, चैनपुर नगरपालिका-११ किङरिङ बस्ने ३७ वर्षीय लंक तामाङ र २६ वर्षीय तुलसी जिमीलाई १ थान भरूवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी खराङबाट खटिएको प्रहरीले सोही ठाउँ स्थित सुन्तला बारी छेउको जंगल भित्र घारीमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।