प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ

२०८२-०४-०१

  • A
  • A-
  • A+
Share

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपलिका-१० प्रगतिनगर बस्ने लमजुङ सुन्दरबजार नगरपालिका-१ घर भएका ३९ वर्षीय बिजय मिश्र र काठमाडौं महानगरपालिका-२६ रानीवारी बस्ने बाग्लुङ, बाग्लुङ नगरपालिका-१३ घर भएका २८ वर्षीय अमित पाठक रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत लमजुङको फैसलाले उक्त मुद्दामा १ दिन कैद, २ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा ८ हजार रूपैयाँ क्षतिपूर्ती शुल्क भराउने सजाय ठहर भई फरार रहेका बिजयलाई काठमाडौं महानगरपालिका-१६ वनस्थलीबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका अमितलाई तार्केश्वर नगरपालिका-८ जरंखुबाट प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ मध्ये बिजयलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय भोटेओडार र अमितलाई प्रहरी वृत्त बानेश्वर पठाइएको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०३-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ रूपैयाँ र २२ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ पुलचोक बस्ने ५६ वर्षीय बाबुराम खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बाबुराम समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४ सय ६५ रूपैयाँ र ४ बुक तास सहित  पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।