प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०८३-०१-०४

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-२७ तालचोक हिमाली टोल डेरा गरी बस्ने पोखरा महानगरपालिका-१९ लामाचौर घर भएका ५६ वर्षीय खडिन्द्र पंगेनीको कोठामा जुवातास खेलिरहेको अवस्थामा पंगेनी समेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९ हजार ९ सय ५८ रूपैयाँ  र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार