प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चालु आर्थिक वर्षमा नेपाल प्रहरीमा २३ हजार ६७३ जनालाई तालिम प्रदान

२०८०-१२-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरीमा व्यावसायिक तथा दक्ष प्रहरी जनशक्ति उत्पादन गर्न विभिन्न प्रकारका तालिम दिने गरिएको छ । नव नियुक्त भई आउने प्रहरी कर्मचारीलाई आधारभूत तालिम र संगठनमा सेवारत प्रहरी कर्मचारीलाई व्यावसायिक ज्ञान, सीप र कौशल प्रदान गर्न उन्नत तालिमहरू प्रदान हुने गर्छ । यस्ता तालिमध्ये कतिपय विदेशमा समेत संचालन हुने गर्दछन् । अधिकांश तालिम संगठनभित्रकै  विभिन्न तालिम प्रदायक युनिटहरूले संचालन गर्दछन् भने कतिपय संगठन बाहिरका संघ-संस्थासँग समन्वय गरी तालिम दिलाइने गरिएको छ ।   

चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि हालसम्मको अवधिमा नेपाल प्रहरीका जम्मा २३ हजार ६७३ जना प्रहरी कर्मचारीहरूले विभिन्न तालिम प्राप्त गरेका छन् । जसमध्ये राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजबाट ५ हजार ४२७ जना, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट ९ सय ३८ जना, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरबाट ६ सय ६२ जना, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीबाट ८ सय २२ जना, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराबाट ७ सय ९४ जना, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलबाट ९ सय ७३ जना, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगंजबाट १ हजार १०८ जना, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलबाट ९ सय ९६ जना र घुम्ती प्रशिक्षण तालिमतर्फ ९ हजार ८६७ जना रहेका छन् । यसै गरी संघ-संस्थातर्फ १ हजार ७७५ जना र वैदेशिक तालिम ३११ जना रहेका छन् । यस आर्थिक वर्षमा कूल लक्षित संख्या २८ हजार १२४ रहेको छ भने घुम्तीतर्फ ११ हजार ९७० रहेको छ । सो अवधिमा आधारभूत तालिम ३ हजार ४६० जना, व्यवस्थापन तालिम १ हजार २८५ जना, कार्य तालिम १ हजार ८७७ जना, अपराध अनुसन्धान तालिम २ हजार ४७१ जना, सुरक्षा तालिम १ हजार ६०५ र उन्नत प्राविधिक तथा अन्य गरी १ हजार २२ जनाले तालिम हासिल गरेका छन् ।  

नेपाल प्रहरीले तालिमको माध्यमद्वारा प्रहरी कर्मचारीहरूको ज्ञान सीपको विकास गर्ने र कार्य क्षमता अभिवृद्धि गराउन यस्ता तालिम प्रदान गर्ने गर्छ । तालिम प्रदान गर्ने सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “हरेक कार्यालयको कामको प्रकृति अनुसार सम्बन्धित कर्मचारीलाई नै तालिम प्रदान गर्ने गरिएको छ । अनुशासित एवम् कर्तव्यनिष्ठ भई देश र जनताप्रति बफादार रहेर काम गर्न तालिमले सघाउ पुर्‍याउने गर्दछ । प्रहरीको आचरण व्यवहारलाई जनमैत्री, सेवामुखी एवम् चुस्तदुरूस्त बनाउने सन्दर्भमा तालिमको माध्यमद्वारा ज्ञान, सीप र कार्य कौशलता प्रदान गर्ने गरिएको छ । तालिमको दौरानमा मानव अधिकारको संरक्षणको लागि मानव अधिकारका मापदण्डहरूप्रति सम्मान र विश्वास राख्दै कार्यक्षेत्रमा काम गर्नेगरी प्रशिक्षण प्रदान गरिन्छ ।”

संगठनका सदस्यहरूलाई समान अवसर जुट्ने गरी तालिमको व्यवस्था हुने गर्छ । चालु आर्थिक वर्षको उक्त अवधिमा स्वदेशका विभिन्न संघ-संस्थाबाट जम्मा १ हजार ७७५ जना प्रहरी कर्मचारीले तालिम हासिल गरेका छन् । जस मध्ये प्रहरी अतिरिक्त महानिरीक्षक १ जना, प्रहरी नायव महानिरीक्षक १ जना, प्रहरी वरिष्ठ उपरीक्षक १६ जना, प्रहरी उपरीक्षक २१ जना, प्रहरी नायव उपरीक्षक ८१ जना, प्रहरी निरीक्षक २६५ जना, प्रहरी वरिष्ठ नायव निरीक्षक १५४ जना, प्रहरी नायव निरीक्षक १४४ जना, प्रहरी सहायक निरीक्षक ३०५ जना, प्रहरी वरिष्ठ हवल्दार ६७ जना, प्रहरी हवल्दार १७० जना, प्रहरी सहायक हवल्दार १७७ जना र प्रहरी जवान ३७३ जना रहेका छन् ।

प्रहरी कर्मचारीहरूलाई तालिममा छनौट तथा व्यवस्थापन नेपाल प्रहरी प्रधान कार्यालय वृत्ति विकास महाशाखाबाट हुने   गर्छ । तालिम प्रदान तथा व्यवस्थापन सम्बन्धमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अवि नारायण काफ्ले भन्नुहुन्छ, “नेपाल प्रहरीको तालिम संचालन कार्यादेश २०७९ मा व्यवस्था भएबमोजिम योजनाबद्ध रूपमा तालिम संचालन तथा व्यवस्थापन गर्ने गरिएको छ । साथै तालिमलाई थप विधि र पद्धतिमा लैजानको लागि तालिम आवश्यकता पहिचान गरी तालिम क्यालेन्डर निर्माण मार्फत तालिम संचालन गर्ने गरिएको छ ।” 

नेपाल प्रहरीले अन्य देशका प्रहरी संगठन तथा तालिम प्रदायक संस्थाबाट तालिम प्राप्त हुने गरेको छ । यसबाट सम्बन्धित देशको तालिम प्रणाली, ज्ञान, सीप र अनुभवबारे जानकारी हुने गरेको छ । नेपाल प्रहरी शुरूदेखि हालसम्म वैदेशिक तालिमतर्फ जम्मा ६९ देशमा गरी ४ हजार ५२० वटा तालिममा सहभागी भएको छ । ती तालिममा शुरूदेखि हालसम्मका प्रहरी महानिरीक्षक ३४ पटक, प्रहरी अतिरिक्त महानिरीक्षक १०५ पटक, प्रहरी नायव महानिरीक्षक २७७ पटक,  प्रहरी वरिष्ठ उपरीक्षक ४१० पटक, प्रहरी उपरीक्षक ५७६ पटक, प्रहरी नायव उपरीक्षक ९०३ पटक, प्रहरी निरीक्षक १ हजार २८२ पटक, प्रहरी वरिष्ठ नायव निरीक्षक १५ पटक, प्रहरी नायव निरीक्षक ५६२ पटक, प्रहरी सहायक निरीक्षक २७० पटक, प्रहरी हवल्दार ३२ पटक र प्रहरी जवान ५४ पटक सहभागी भएका छन् । 

प्रहरी संगठनको मूल्य, मान्यता र अनुशासनलाई कायम राख्दै जनअपेक्षा अनुसार सेवा उपलब्ध गराउन सक्ने दक्ष, सक्षम, सु-प्रशिक्षित एवम् सेवामुखी जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी सक्रिय छ । प्रशिक्षणको दौरानमा नियमित अतिरिक्त क्रियाकलापको माध्यमबाट प्रशिक्षार्थीहरूको व्यक्तिगत क्षमतालाई प्रस्फुटन गराई नेतृत्व क्षमताको विकास गर्न उद्देश्यसहित तालिम प्रदान गर्ने गरिएको छ । यसका लागि निरन्तर उच्च गुणस्तरीय प्रहरी प्रशिक्षण प्रदान हुने गर्छ । प्रहरी नायव महानरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “प्रशिक्षणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले तालिम प्रदायक युनिटहरूको भौतिक सुधार, तालिम पाठ्यक्रम परिमार्जन र दक्ष प्रशिक्षकको व्यवस्थामा ध्यान दिएको छ । नेपाल प्रहरी कार्ययोजना २०८० मा तालिमलाई व्यवस्थित बनाउन निर्देश गरिएको छ ।” 

तालिम केन्द्रहरूले ज्ञान, कर्म, कौशलको मान्यता अनुसार प्रशिक्षण प्रदान गर्ने गर्दछन् । सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान लगायतका सबै प्रहरी कार्यमा सैद्धान्तिक, व्यवसायिक एवम् पेशागत कौशलता अभिवृद्धिको लागि ध्यान दिइन्छ । जिम्मेवारी बोधसहित कुशल र निपूर्ण जनशक्तिको विकास हुनसके कार्यक्षेत्रमा आईपर्ने जस्तोसुकै चुनौतीको सामना गर्न सक्षम हुने विश्वास छ । अब्राहम लिंकनले भनेका थिए, “मलाई रूख ढाल्न छ घण्टा देऊ र म पहिलो चार घन्टा बन्चरो उदाउन लगाउने छु ।” 

 

सम्बन्धित समाचार
२० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान
२०८१-०६-१४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको   छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही शाखामा संचालित छैटौं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।  उक्त तालिम समापनका अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक कार्कीले प्रशिक्षार्थीहरूमा तालिमले क्षमता तथा दक्षता अभिवृद्धि गरेको चर्चा गर्दै प्राप्त ज्ञान, सीपको उपयोग गरी आ-आफ्नो कार्यक्षेत्रमा संगठनको नीति बमोजिम श्रव्यदृश्य सामग्री निर्माणमा व्यावसायिकता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । श्रव्यदृश्य सामाग्रीले दुर्घटना लगायत अपराधको अनुसन्धान तथा नियन्त्रण गर्न देखि प्रहरीले सम्पादन गर्ने हरेक कार्यमा सहयोगी हुने उल्लेख गर्दै प्रशिक्षणको क्रममा सिकाइएका विभिन्न ज्ञान सीप प्रहरी कर्मचारीहरूको व्यवसायिक तथा व्यक्तिगत जीवनमा समेत फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रशिक्षककोतर्फबाट प्रशिक्षक विष्णु प्रसाद घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा तालिम संयोजक प्रहरी निरीक्षक सचिता थापा मगरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान १४ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा श्रव्यदृश्य आधारभूत छैटौं समूहद्वारा तयार पारिएको जन्मभूमी सम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो । 

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म २०५ जनाको मृत्यु
२०८१-०६-१४

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म २ सय ५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २ सय ५ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा २ सय ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७ सय ४५ जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ४ हजार २ सय २२ जनाको उद्दार गरिएको छ । साथै बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।  साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

बाढी,पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४८ जनाको मृत्यु
२०८१-०६-१३

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसो १५:०० बजे सम्म १ सय ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ४३ जना, कोशी प्रदेशमा १६ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ८६ जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १८ जना, कोशी प्रदेशमा ६ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ६८ जना गरी जम्मा १०१ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ३ सय ८४  जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ३ हजार ६ सय ६१ जनाको उद्दार गरिएको छ । साथै बाढी पहिरोमा परी ५५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।  साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।

आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत
२०८१-०६-०४

काठमाडौं, मित्रराष्ट्र भारतको सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमी, हैदरावादमा सञ्चालित Basic Training Course for IPS Officer (76 RR-2023) तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत हुनुभएको छ । मल्ललाई The Best Gentleman’s Probationer for PT पुरस्कारद्वारा पुरस्कृत गरिएको हो ।दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकालको समेत उपस्थिति रहेको थियो । सन् २०२३ नोभेम्बर १३ देखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरु विजय थापा, सनम मल्ल, गोपाल प्रसाद श्रेष्ठ, प्रभात लक्सम लिम्बु र झरना सोनार गरी ५ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म २१० जनाको मृत्यु
२०८१-०५-१२

काठमाडौं, अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म २ सय १० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २९ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३८ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २ सय १० जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ४२ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ६८ जना र सुदूरपश्‍चिम प्रदेशमा ३६ जना गरी जम्मा २ सय ७२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा १ सय १ जना गरी जम्मा २ सय १५ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४३ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५२ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा ४ सय ८ घर डुबानमा परेका छन् । ३ सय ६५ वटा घर, १ सय २६ वटा गोठ, ५३ वटा पुल, ७ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ९ सय ७२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ६ हजार ४९ घर परिवार विस्थापित भएका छन् ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म २०८ जनाको मृत्यु
२०८१-०५-११

काठमाडौं, अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म २ सय ८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २९ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २ सय ८ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ४२ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ६७ जना र सुदूरपश्‍चिम प्रदेशमा ३६ जना गरी जम्मा २ सय ७१ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा १ सय १ जना गरी जम्मा २ सय १५ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४४ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५३ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा ४ सय ८ घर डुबानमा परेका छन् । ३ सय ६४ वटा घर, १ सय २६ वटा गोठ, ५२ वटा पुल, ६ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ९ सय ७२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ६ हजार ४९ घर परिवार विस्थापित भएका छन् ।