अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८१-०७-०८
- A
- A-
- A+
मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३५ ट्याब्लेट सहित सोही महानगरपालिका-५ बस्ने २२ वर्षीय दिपेश शर्मालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बैतडी, पाटन नगरपालिका-६ स्थित सुर्नाया नदीको पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-४ खोल्सी बस्ने २१ वर्षीय नरेश बिकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।