नियन्त्रित लागूऔषधसहित पक्राउ
२०७९-११-१४
- A
- A-
- A+
नवलपरासी(पूर्व), कावासोती नगरपालिका-१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध नुर्फिन ४९ एम्पुल, फेनारागन ४९ एम्पुल, डाइजेपाम ४९ एम्पुल र नाईट्रोभेट ३० पिससहित तनहुँ ब्यास नगरपालिका-८ बस्ने २० वर्षीय सन्तोष लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना.५ ख ८६९८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।