प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ

२०८२-१२-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ किलो ५० ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी घर भएका ३५ वर्षीय अनिल कुमार पासवान र ४५ वर्षीय मोहमद हसन रैन रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सोही महानगरपालिका-९ स्थित होटल श्रीयन्त्रको १०३ नम्बरको कोठाबाट मोहमदलाई नियन्त्रणमा लिएको तथा अनिल भागी फरार भएकोमा सोही महानगरपालिका-९ स्थित होटल शिवम् प्लाजाको पार्किङबाट नियन्त्रणमा लिने क्रममा उनले प्रहरी लक्षित प्रहार गरेपश्‍चात प्रहरीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो । घाइते भएका अनिलको राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको  छ ।  साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर ०६ डिएम ७३४६ नम्बरको कार समेत बरामद गरेको छ । 

बाँके, खजुरा गाउँपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४८ वर्षीय इस्ट्याक खाँ र ३१ वर्षीय करिम खाँ रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

धनकुटा, शहिदभूमि गाउँपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८ ट्याब्लेट र स्पास्मो ८० ट्याब्लेट सहित सोही गाउँपालिका-५ बस्ने ३१ वर्षीय राकेश राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरीले प्र-१-०२-०४८ प ४८९२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

झापा, गौरादह नगरपालिका-१ सितापुरीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र डिकोलिक १ सय ३५ ट्याब्लेट सहित सोही नगरपालिका-१ बस्ने २५ वर्षीय भवेश भण्डारी समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले मे.७ प १९५७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-६ दासपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सोही नगरपालिका-६ पूर्वेली टोल बस्ने २२ वर्षीय रन बहादुर खवास समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने ३७ वर्षीय धन बहादुर राजवंशी समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले धन बहादुरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २५ वर्षीय रघुबिर धामीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कंचनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रूपन्देही, रोहिणी गाउँपालिका-४ कोटहवाबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार १ सय एम्पुल, डाइजेपाम १ हजार १ सय एम्पुल र बुप्रेनोर्फिन १ हजार १ सय एम्पुल सहित सोही गाउँपालिका-२ खुरहुरिया बस्ने १९ वर्षीय बिशाल यादव समेत ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले  यूपि ५६ एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय ७० मिलिग्राम सहित काभ्रे घर भएका ३३ वर्षीय मनिस तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय  विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवन, भरतपर महानगरपालिका-१८ शान्तिटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३८ वर्षीय सुकमान तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी चितवन, रत्ननगर नगरपालिका-१३ लौरीघोलबाट नियन्त्रित लागूऔषध एनारगन २ सय ४७ ट्याब्लेट र ट्रामाडोल ७३ ट्याब्लेट सहित सोही नगरपालिका-१३ बस्ने २४ वर्षीय सुकबिर स्याङतान समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाडीबाट खटिएको प्रहरीले ना.६२ प ९४४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको  हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ ईटौराबाटा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित  सोही ठाउँ बस्ने २४ वर्षीय थीर बहादुर चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८३-०४-२६

काठमाडौं महानगरपालिका-२४ सानो पशुपतिबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ७० ट्याब्लेट, बुप्रेनोर्फिन १४ एम्पुल, फेनारगन ९ एम्पुल, डाइजेपाम १७ एम्पुल र नगद १ लाख ९८ हजार ७५ रूपैयाँ सहित बारा निजगढ नगरपालिका-६ घर भएका ४५ वर्षीय दिनेश कुमार थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२७ बाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बानेश्वर बस्ने दोलखा मेलुङ गाउँपालिका-२ घर भएका २७ वर्षीय सन्तोष न्यौपाने र काठमाडौं कालिमाटी बस्ने झापा कचनकवल गाउँपालिका-५ घर भएका ३० वर्षीय धन बहादुर कटुवाल रहेका छन् । प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनलाई उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ बुद्धचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय २० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-४ कर्रा बस्ने २० वर्षीया तनिशा श्रेष्ठ, २४ वर्षीय अनिष चौलागाई र चितवन घर भएका १९ वर्षीय लोमस फुयाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-११ नयाँ बसपार्कस्थित जुम्ला कर्णाली हमाल खाजा घर एण्ड लजबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ९८ ग्राम सहित खाजा घरकी संचालिका जुम्ला घर भएकी ५८ वर्षीया मैनकला शाहीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा प्रेसर कुकुर भित्र प्लाष्टिकका ६८ वटा पोकामा रहेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । धनुषा, बिदेह नगरपालिका-८ बफही टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय निरज कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले प्रदेश २-०२-००५ प १३२४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-७ वेलि हनुमान मन्दिर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय रमेश रानालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले से.३ प ३८८५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बारा, निजगढ नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र नाईट्राजेपाम १० ट्याब्लेट सहित सोही  नगरपालिका-२ बस्ने २३ वर्षीय सन्देश श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सिंगोलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।कञ्चनपुर, भीमदत्त नगरपालिका-४ उद्योग बाणिज्य संघ नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१८ डेरा गरी बस्ने बैतडी दोगडाकेदार गाउँपालिका-५ घर भएका २० वर्षीय अशोक बिष्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दोलखा, भिमेश्वर नगरपालिका-२ गोलेटोल बस्ने बिगु गाउँपालिका-६ घर भएका ६० वर्षीय बिमा थामीलाई अवैध लागूऔषध गाँजा १ किलो ८ सय ७६ ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८३-०४-२६

सर्लाही, लालबन्दी नगरपालिका-१२ बाट अवैध लागूऔषध गाँजा करिब १२ किलो ७ सय ग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका-२ लालभिति बस्ने ५० वर्षीय सानु परियार, उनकै श्रीमती ३५ वर्षीया सबिना परिया र लालबन्दी नगरपालिका-१४ बस्ने ४० वर्षीया ज्ञानु माया योञ्जन रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने ३५ वर्षीय नरेन्द्र भुजेललाई नियन्त्रित लागूऔषध फेनारगन ३३ एम्पुल, नोर्फिन ३३ एम्पुल र डाइजेपाम ३३ एम्पुल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-५ भैरब टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय शंकर विक, २८ वर्षीय गोपाल चौधरी र ३२ वर्षीय बिजय चौधरी रहेका छन् । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले शंकरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०४-२५

ललितपुर, ललितपुर महानगरपालिका-१ कुपण्डोलबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय १० ग्राम ३ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल ५ थान सहित सोही महानगरपालिका-१ बस्ने २९ वर्षीय प्रज्वल केसीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रौतहट, गौर नगरपालिका-३ स्थित काजल स्टील रेलिङ नामक खाजा घरबाट अवैध लागूऔषध गाँजा ७ सय ग्राम सहित खाजा घरका संचालक सोही नगरोपालिका-६ बस्ने ३४ वर्षीय शुभ नारायण साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१४ कृष्णा प्रणामी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ५ सय ७० मिलिग्राम सहित भारत मोतिहारी पटोका श्रीपुर ग्राम पञ्चायत-१ बस्ने २५ वर्षीय शत्रुधन पासवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज, जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-२ देउरीया पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ५० मिलिग्राम सहित लेटाङ नगरपालिका-३ बस्ने ३८ वर्षीय टंक प्रसाद राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले रंगेलीबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र.१-०२-०४३ प ९९१६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, सुनवर्षी नगरपालिका-८ सिक्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ७० मिलिग्राम सहित उर्लाबारी नगरपालिका-२ बस्ने ३२ वर्षीय प्रेम बहादुर नेपाली समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प ७९८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-३ सरदार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका-४ कन्चनपुर बस्ने २२ वर्षीय अमित डगौरालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर,  शुक्लाफाँटा नगरपालिका-१२ खल्ला सिविरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१२ कालागौडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही ठाउँ बस्ने राजेश बिष्टको साथबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले राजेश बिष्टलाई सु.प.प्र.०१-०१४ प ४९७० नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ । साथै प्रहरीले उक्त मोटरसाइकलमा सवार १ जनालाई समेत आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।  झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९३ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने मोरङ बिराटनगर महानगरपालिका-६ घर भएका ३० वर्षीय संजिव सहनीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ शान्ति टोल बस्ने ४२ वर्षीय बिरेन्द्र बैठालाई अवैध लागूऔषध गाँजा करिब १ किलो ७ सय ४४ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, रोहिणी गाउँपालिका-६ विष्णुपुराबाट नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल र बुप्रेनोर्फिन २० एम्पुल सहित सोही गाउँपालिका-६ बस्ने ४७ वर्षीय दिनेश मर्णा गुप्तालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रिप्रहवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ईलेक्ट्रिक स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-२ पशुपति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय संजिप पौडेल र मोरङ घर भएका ३२ वर्षीय सुमन कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले प्र.१-०२-००५ ह ४८३७ नम्बरको सिटि सफारीलाई जाँच गर्ने क्रममा सिटिमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०४-२५

झापा, झापा गाउँपालिका-५ खाताबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २६ वर्षीय भुपेन्द्र सिंह राजवंशी र बिर्तामोड नगरपालिका-४ बस्ने ३१ वर्षीय धिरज गुरूङ रहेका छन् । प्रहरी चौकी टाघनडुब्बा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१२ प ३७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, बर्दगोरिया गाउँपालिका-१ कट्टिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ १९ वर्षीय दिनेश बडुवाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, रंगेली नगरपालिका-७ बकराहा पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित सोही नगरपालिका-७ बसपार्क बस्ने ३० वर्षीय सुनिल कुमार मण्डललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रंगेलीबाट कर्सियातर्फ जाँदै गरेको प्रदेश.१-०२-००४ ह ६७७० नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा सफारीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०४-२४

काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ६० ग्राम सहित सोही महानगरपालिका-८ पशुपति एरिया बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय भक्त बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ धास्की डेरा गरी बस्ने चितवन घर भएका ३२ वर्षीय सुगम मैनाली समेत ५ जनालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलो २ सय १६ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । प्रहरी प्रभाग मातातिर्थबाट खटिएको प्रहरीले सुगमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।सिराहा, गोलबजार नगरपालिका-८ पुरानो चौहर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ५६ मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २३ वर्षीय जय कुमार नायकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, घोडाघोडी नगरपालिका-२ नयाँबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित बर्दगोरीया गाउँपालिका-१ बस्ने २१ वर्षीय संजिप चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट साडेपानीबाट खटिएको प्रहरीले से.१ प ९४०७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बबि रानालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बाँके, खजुरा गाउँपालिका-३ बि गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय सुमन थापा मगर समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, जनकपुरधाम उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय समिर कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, लालझाँडी गाउँपालिका-२ कंजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय कमलेश राना र २६ वर्षीय बलराम राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, बिन्दवासिनी गाउँपालिका-४ मधवलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३९ किलो २ सय ५० ग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने २३ वर्षीय दिपेश तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीया समेतबाट खटिएको प्रहरीले वीरगंजबाट भिष्वातर्फ जाँदै गरेको बा.८७ प ७८७० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।