अवैध लागूऔषधसहित ४ जना पक्राउ
२०८१-०३-१७
- A
- A-
- A+
झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १७ मिलिग्रामसहित सोही नगरपालिका-५ देबी बस्ती बस्ने ३६ वर्षीय सन्तोष राजवंशी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
धनुषा, जनकपुर उपमहानगरपालिका-१४ कार्यालय गेट अगाडि सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ६ सय ६० मिलिग्रामसहित जनकपुर उपमहानगरपालिका-२० रूपैठा बस्ने २६ वर्षीय अमित कुमार झालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले बागमती प्रदेश ०३-००१ ख २५१४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुर, भिमफेदी गाउँपालिका-७ दमार कोगटे बस्ने ६१ वर्षीय बद्री बहादुर घागा मगरलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ४ किलो ६ सय मिलिग्रामसहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले उनको घरबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।