अवैध लागूऔषध सहित एक जना पक्राउ
२०८१-०३-२३
- A
- A-
- A+
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित रामधुनी नगरपालिका-१ शान्ति टोल बस्ने २९ वर्षीय नरेश सरदारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल लौकहीबाट खटिएको संयुक्त टोलीले प्रदेश नम्बर १-०२-०५३ प ९०१६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सरदारलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।