प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हनि ट्रयापमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

२०८२-०२-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, हनि ट्रयापमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-५ कालोपुल बस्ने कैलाली गोदावरी नगरपालिका-१० दमौरा घर भएकी ३४ वर्षीया ममता तामाङ र काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने भक्तपुर, भक्तपुर नगरपालिका-१७ सल्लाघारी घर भएकी ३४ वर्षीया आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन् । 

आपराधिक लाभ लिने उद्देश्यले सामाजिक संजाल फेसबुक मार्फत कुराकानी गरी ठमेलस्थित एक होटलमा बोलाई खाजा तथा मादक पदार्थ सेवन गरी/गराई अचेत अवस्थामा पीडितको अश्लिल फोटो तथा भिडियो बनाई फेसबुक मेसेन्जरमा उक्त फोटो तथा भिडियोको स्क्रिनसर्ट पठाई काठमाडौंमा घर तथा ४ आना जग्गा दिनु पर्छ भनि विभिन्न किसिमका डर, धाक धम्कीहरू देखाई रकम माग गरी ५ लाखको चेक काट्न बाध्य पारी उक्त चेक लिई गएको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-११ हनुमानस्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ५ लाखको चेक १ थान र मोबाइल २ थान समेत बरामद गरेको छ । 

उनीहरूलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न तीन जना पक्राउ
२०८३-०५-२६

झापा, अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ बस्ने ४१ वर्षीय किरण कान्दङवा, ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्जवल गुरागाँई रहेका छन् ।  बिर्तामोड नगरपालिका-४ स्थित वृक्ष क्याफेको परिसरमा अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरू उपर जिल्ला अदालत झापाबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा खरिद गर्ने चार जना पक्राउ
२०८३-०५-२५

काठमाडौं, सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने महोत्तरी गौशाला नगरपालिका-५ घर भएका २९ वर्षीया सावन कुशवाहा, तेह्रथुम आठराई गाउँपालिका-८ घर भएकी ३६ वर्षीया पबित्रा लिम्बु, दोलखा गौरीशंकर गाउँपालिका-५ घर भएका २५ वर्षीय श्रीकृष्ण विश्वकर्मा र काठमाडौ महानगरपालिका-३२ नरेफाँट बस्ने भोजपुर भोजपुर नगरपालिका-५ बोखिम घर भएका ४३ वर्षीया रमिला विक रहेका छन् । उनीहरू मध्ये उक्त गरगहना चोरी गर्ने सावन तथा गरगहना खरिद गर्ने पबित्रा, श्रीकृष्ण र रमिला रहेको खुल्न आएको छ ।  काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित घरबाट गत साउन १८ गते सुन तथा चाँदीका गरगहनाहरू चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत बरामद गरेको छ ।    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।