कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-१७
- A
- A-
- A+
कैलाली, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका-११ ओलानी बस्ने ५९ वर्षीय काले कामीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कैलालीको फैसलाले उक्त मुद्दामा ७ वर्ष १ महिना १४ दिन कैद सजाय ठहर भई २०५६ असार ११ गतेदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही नगरपालिका-११ गौडी बजारबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको छ ।