अवैध लागूऔषधसहित एक जना पक्राउ
२०८०-१२-१३
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम र नियन्त्रित लागूऔषध प्रिगाबा ९६ क्याप्सुल र एभिल १० क्याप्सुलसहित गोदावरी नगरपालिका-१० बस्ने २२ वर्षीय तेज बहादुर बोहरालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।