प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित सात जना पक्राउ

२०८३-०३-०५

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१६ सिपाली चोकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ३ सय ५० ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ चिसापानी चोक बस्ने ५० वर्षीय इन्द्र भन्ने खडानन्द चौलागाई र ३८ वर्षीय बिष्णु भन्ने निल बहादुर दाहाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

धनकुटा, सहिदभूमी गाउँपालिका-६ थलथले बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ ट्याब्लेट, स्पास्मो २ ट्याब्लेट र डाइक्लोमाइन २ ट्याब्लेट सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका-७ बस्ने २९ वर्षीय दर्शन राई, सोही नगरपालिका-१० बस्ने २८ वर्षीय नमुनेश भुजेल र सहिदभूमी गाउँपालिका-२ साम्बुगाउँ बस्ने २३ वर्षीय आयुष राई रहेका छन् । प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट प्र.३-०२-००१ प ८४३० नम्बरको स्कुटर र बा.प्र.०२-०५०प ६५६६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

बर्दिया, मधुवन नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ३९ वर्षीय मेहदी हसन अन्सारी र सोही नगरपालिका-८ बस्ने २३ वर्षीय भुपेन्द्र राना क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-८ शिवनगर बस्ने २५ वर्षीय हरी भन्ने प्रभान्नद न्यौपानेको घरबाट लिएको भन्ने खुल्नासाथ उनको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय १० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ । प्रहरीले हाल फरार प्रभान्नदको खोजी गरिरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ
२०८३-०३-०५

काठमाडौं महानगरपालिका-७ मित्रपार्कस्थित चुलेसी थकालीबाट अवैध लागूऔषध पोलेन करिब १ सय ग्राम र गाँजा ५० ग्राम सहित थकालीका सञ्चालक बारा निजगढ नगरपालिका-१० घर भएका ४५ वर्षीय कृष्ण नेपाल समेत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका -४ गोकर्ण उत्तरबाहिनी नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने मकवानपुर फापरबारी घर भएका २० वर्षीय अनिल तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-६ जोरपाटी स्‍थित छहारी क्लब चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने काभ्रे तेमाल घर भएका २३ वर्षीय साजन तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, महानगरपालिका-१६ बाइपास चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७० ट्याब्लेट सहित काठमाडौं सितापाइला बस्ने उदयपुर ताप्ली गाउँपालिका-१ घर भएका २२ वर्षीय विपिन राईलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बागमती एएए ८००४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । पाँचथर, फिदिम नगरपालिका-१ मेनलाईन बस्ने २४ वर्षीय रोजन सुबेदी समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम र नगद १७ हजार ९ सय २५ रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले रोजनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम ३ सय १० मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१५ बस्ने ३२ वर्षीय दिपक सहनी, २७ वर्षीय मो.कफिल र सुन्दरहरैंचा नगरपालिका-५ बस्ने २५ वर्षीय दिपेश पोखरेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १८ मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-९ बस्ने २२ वर्षीय नगीन्द्र दर्जी र कनकाई नगरपालिका-३ बस्ने ३७ वर्षीय बल बहादुर सुवेदी रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल नगरपालिका-११ मगरघाटबाट अवैध लागूऔषध गाँजा करिब १ किलो २ सय ग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीया कला रानालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मकवानपुर, भीमफेदी गाउँपालिका-२ भैंसेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ८ ट्याब्लेट सहित सोही गाउँपालिका-२ कालीटार बस्ने २४ वर्षीय सुजल थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले हेटौंडाबाट भैंसेतर्फ आउँदै गरेको बा.प्र ०२-०६० प ४२२२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-९ पृथ्वी चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन २ सय  एम्पुल, फेनारगन २ सय एम्पुल र डाईजेपाम २ सय एम्पुल सहित रूपन्देही मायादेवी नगरपालिका-१२ घर भएकी २१ वर्षीया जिनी रावललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कपिलवस्तु, वाणगंगा नगरपालिका-५ झण्डा बस्ने २० वर्षीय अर्जुन थारूलाई अवैध लागूऔषध गाँजा करिब ३ सय २६ ग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोपवाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कैलाली, बर्दगोरिया गाउँपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही गाउँपालिका-६ जगतपुर बस्ने २० वर्षीय माइकल डगौरालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-६ बस्ने २५ वर्षीय गणेश लामिछाने र २५ वर्षीय गोबिन्द घर्ती मगर रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको सु.प.प्र.०१-००८ प १३४३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । बर्दिया, गुलरिया नगरपालिका-८ जाजरकोटबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ९ सय २६ ग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट बारेकोट गाउँपालिका-४ बस्ने ४६ वर्षीय यन बहादुर रावत, ४२ वर्षीय लोकेन्द्र बहादुर रोकाय र रोल्पा गंगादेवी गाउँपालिका-६ बस्ने ४८ वर्षीय केश सिंह केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै  उनीहरूले प्रयोग गरेको भे.९ प ६२९६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । कञ्चनपुर, बेलौरी नगरपालिका-१० भुडाँ मैलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१० राजपुर बस्ने २ जना १७ वर्षीय किशोरहरूलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-००९ प ९६५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०३-०४

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-६ बासुकी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ५ सय ७० ट्याब्लेट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्‍वर नगरपालिका-६ बासुकी चोक बस्ने काभ्रे घर भएका २३ वर्षीय अनिष तामाङ, काठमाडौं महानगरपालिका-६ पाटीटार बस्ने मोरङ घर भएका ३० वर्षीय बिबेक गिरी,  गोकर्णेश्‍वर नगरपालिका-६ बस्ने २८ वर्षीय निशान देउला र गोकर्णेश्‍वर नगरपालिका-६ नयाँबस्ती बस्ने सिन्धुपाल्चोक घर भएका १८ वर्षीय किशोर रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित राप्ती सोनारी गाउँपालिका-९ बस्ने २० वर्षीय निरज थारू समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-११ पिपल चौतारा बस्ने १८ वर्षीय किशोरले दिएको भन्ने खुल्न आए पश्‍चात उनलाई समेत ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । झापा, मेचीनगर नगरपालिका-१० पुरानो गोरूहट्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय शेख अरमानलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-८ क्याम्पस मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १ सय ४० मिलिग्राम सहित २  जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ महिन्द्रनगर टोल बस्ने २९ वर्षीय ईराज भट्टराई र सिन्धुली, सिन्धुली गाउँपालिका-१ चिसापानी बस्ने ३० वर्षीय धन बहादुर बस्नेत रहेका छन् ।  वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले प्र१-०१-०१३ प ९४८० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-३ बस्ने २६ वर्षीय सुमित राई र २५ वर्षीय आशिष मगर रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ४० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने २७ वर्षीय ईश्वर राउतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो ।  सुनसरी, कोशी गाउँपालिका-१ लौकही भन्सार गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम १ सय ७० मिलिग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-४ बस्ने ४३ वर्षीय बिशे चौधरी, ४३ वर्षीय भुप नारायण चौधरी, धरान उपमहानगरपालिका-१६ बस्ने ३० वर्षीय एलिन जंग राणा र सोही उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय सन्देश लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले प्रदेश १-०२-०४७ प २०३४ नम्बरको स्कुटरमा सवार बिशे र भुप नारायणलाई ७ ग्राम ५ सय २० मिलिग्राम तथा को.३० प ४५०९ नम्बरको मोटरसाइकलमा सवार एलिन र सन्देशलाई १२ ग्राम ६ सय ५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  बैतडी, दशरथचन्द नगरपालिका-४ गोठलापानी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने ३१ वर्षीय प्रविन भट्टलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, घोडाघोडी नगरपालिका-७ कृतिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ८० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २९ वर्षीय खेमराज मल्ल, २९ वर्षीय बालाराम पोख्रेल र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१०८ प २८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  भक्तपुर, सूर्यबिनायक नगरपालिका-१० मिलनचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने भक्तपुर नगरपालिका-१० कमलविनायक घर भएका ३१ वर्षीय सुजन शाहीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहँ, व्यास नगरपालिका-१० नयाँ गाउँबाट नियन्त्रण लागूऔषध ट्रामाडोल २ सय ५८ ट्याब्लेट र स्पास्पेन २८ ट्याब्लेट ट्याब्लेट सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय गणेश ढकाल, ३० वर्षीय कुमार परियार, २८ वर्षीय प्रशान्त केसी, सोही नगरपालिका-५ बस्ने २९ वर्षीय संजित आले र सोही नगरपालिका-९ बस्ने २७ वर्षीय दिवस थापा रहेका छन् । साथै प्रहरीले गणेशको घर तलासी गर्दा ट्रामाडोल ८२ ट्याब्लेट र नगद २७ हजार रूपैयाँ फेला पारी बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ
२०८३-०३-०३

पर्सा, वीरगंज महानगरपालिका-२१ स्थित ड्राईपोर्ट परवानीपुर सडकखण्डबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ सय ९ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ बस्ने ३० वर्षीय सुभाष थामी र २८ वर्षीय छत्र बहादुर थामी रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरिया तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पथलैयाबाट वीरगंजतर्फ आउँदै गरेको बा.१९ च ५७३८ नम्बरको बोलेरो तलासी गर्दा प्लाष्टिकले बेरिएको ८ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी चालक सुभाष र बोलेरोमा सवार छत्र बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०३-०३

कैलाली, कैलारी गाउँपालिका-५ बड्की पलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय निराजन चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-८ मालभंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, कनकाई नगरपालिका-५ र ६ को सिमानाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-९ घैलाडुब्बा बस्ने २६ वर्षीय पवन कुमार चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-९ घोडामाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ७ सय ७ मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१४ बस्ने २४ वर्षीया सोनी खाती र झापा मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बस्ने ६० वर्षीया सिता राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ बस्ने ३३ वर्षीय अविनय खतिवडालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको  छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले कलमडाँडाबाट लामसुरेतर्फ जाँदै गरेको ना.२ ह ३५७० नम्बरको अटोलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक अविनयलाई पक्राउ गरेको हो  ललितपुर, गोदावरी नगरपालिका-११ शेराफाँटबाट अवैध लागूऔषध गाँजा करिब १ किलो २ सय ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२६ ढोललाहिटी बस्ने ओखलढुंगा घर भएका ३२ वर्षीय मिलन सापकोटा र बागलुङ घर भएका २८ वर्षीय मनिष पुन रहेका छन् । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले प्रदेश ३-०२-०१२ प ७४४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ लौकही भन्सार गेटबाट अवैध लागूऔषध ब्राउनसुगर सहित ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय राजेश चौधरी, सोही उपमहानगरपालिका-७ बस्ने ३० वर्षीय बिरेन्द्र कुमार चौधरी, धरान उपमहानगरपालिका-५ डेरा गरी बस्ने मोरङ लेटाङ नगरपालिका-३ घर भएका २८ वर्षीय अभिशेक विक र २८ वर्षीय संजिप विक, मोरङ उर्लाबारी नगरपालिका-१ बस्ने १९ वर्षीय बिकाश राई, १९ वर्षीय निसान सरदार, मोरङ कटहरी गाउँपालिका-५ बस्ने १९ वर्षीय निरज राम र सुनसरी बर्जु गाउँपालिका-५ बस्ने ३३ वर्षीय जितेन यादव रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले राजेश र बिरेन्द्रलाई ३ ग्राम ३ सय ६० मिलिग्राम, अभिशेक र संजिपलाई ९ ग्राम ८ सय २० मिलिग्राम, बिकाश र निसानलाई ५ सय ७० मिलिग्राम, निरजलाई १ ग्राम ७० मिलिग्राम र जितेनलाई ६ सय ८० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ किलो १ सय ८५ ग्राम सहित सोही महानगरपालिका-६ जरेबर बस्ने तनहुँ घर भएका २१ वर्षीय संगम गुरूङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले तनहुँबाट पोखरातर्फ आउँदै गरेको ग.८ प ४८४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-१४ कैलाश टोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय ४३ एम्पुल, फेनारगन २ सय ३८ एम्पुल र बुप्रेनोर्फिन २ सय ३४ एम्पुल सहित सोही ठाउँ बस्ने ७३ वर्षीय अमर हमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।