प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको प्रमुख आतिथ्यतामा सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२-०८-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा शुक्रबार आयोजित एक समारोहबीच सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा “Limit the Speed, Save The life” भन्ने नाराका साथ सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित सडक एवम् सहज सवारी आवगमनको सन्देश प्रवाह गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र राष्ट्रिय युवा परिषद नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले लामो समय देखि अनुशासित भएर सवारी चलाउने सार्वजनिक सवारी साधनका चालकहरू लगायतलाई प्रशंसापत्र वितरण गर्नुभयो ।

सो अवसरमा युवा तथा खेलकुद मन्त्री गुप्ताले सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित सडक एवम् सहज सवारी आवगमनको सन्देश प्रवाह गर्न आयोजित यस कार्यक्रम महत्वपूर्ण हुने चर्चा गर्नुभयो । यस्ता कार्यक्रमलाई देशभरीनै संचालन गर्नुपर्ने उल्लेख गर्दै उपल्ब्ध स्रोत साधन तथा प्रविधिको भरपुर प्रयोग र ट्राफिक प्रहरी एवम् सवारी चालकहरूबीच सकारात्मक सम्बन्धको विकास गरी सवारी दुर्घटना न्यूनीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद नेपालका उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीम ज्वाला राईले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले ट्राफिक व्यवस्थापन कार्य, सवारी दुर्घटनाको कारण र त्रिवर्षीय विश्‍लेषण, सवारी दुर्घटना न्यूनीकरणका प्रयासहरू, काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको समस्या र चुनौतीहरू लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक स्टीकर वितरण गर्नुका साथै सचेतनामूलक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायत यातायात मजदुर संघका पदाधिकारीहरू, राष्ट्रिय युवा परिषद नेपालका पदाधिकारीहरू, विभिन्न संघस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-१७

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका ३८ वर्षीय गणेश श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०६-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ बस्ने सोही महानगरपालिका-२१ घर भएका ४५ वर्षीय गिरिस विलास जोशी र काठमाडौं महानगरपालिका-१३ बस्ने धादिङ गल्छी गाउँपालिका-३ घर भएका ४७ वर्षीय निलकण्ठ खनाल रहेका छन् ।  पक्राउ मध्ये गिरिसले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र निलकण्ठले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गिरिसलाई काठमाडौं महानगरपालिका-२९ बाट र निलकण्ठलाई काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-१६

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-९ गोंगबु बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका-६ घर भएका ४९ वर्षीय राज कुमार राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरणबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   

साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०६-१६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-३ बस्ने ३७ वर्षीय सरोज मल्ललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  सरोजले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका-३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०६-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१५ बस्ने काभ्रे घर भएका ३२ वर्षीय विरेन्द्र तामाङ, काठमाडौं महानगरपालिका-९ बस्ने मकवानपुर घर भएका ३८ वर्षीय कमल प्रसाद गौतम, काठमाडौं महानगरपालिका-१४ बस्ने अछाम घर भएका ३३ वर्षीय गणेश बहादुर बुढा र काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बस्ने रामेछाप घर भएका ४४ वर्षीय बद्रि कुमार तामाङ रहेका छन् । पक्राउ मध्ये विरेन्द्रले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ, कमलले रोमानिया पठादिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, गणेशले अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ र बद्रिले पोल्याण्ड पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २१ लाख ८९ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विरेन्द्रलाई ललितपुर महानगरपालिका-३ बाट, कमललाई काठमाडौं महानगरपालिका-७ बाट र गणेशलाई काठमाडौं महानगरपालिका-१३ बाट मंगलबार तथा बद्रिलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।