प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

३१ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान

२०७९-०५-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३१ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा २७ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । 

उक्त तालिम समापनका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कडायतले तालिमको अवधिमा सिकेका विभिन्न ज्ञान, सीप र कौशललाई उपयोग गरी कार्यक्षेत्रमा गरिने काममा परिवर्तन तथा निखरता ल्याउन सकेमा मात्र तालिमको औचित्य पुष्टी हुने विचार व्यक्त           गर्नुभयो । यस्ता किसिमका तालिम प्रहरी हुँदा मात्र नभई अवकाशपछि पनि आफ्नो क्षेत्रमा हुने विपद्जन्य घटना न्यूनीकरण गर्न समेत अत्यन्तै महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।  

कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक बाल नरसिंह राणाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत साउन ८ गतेदेखि संचालित उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार ६ जना र प्रहरी जवान १९ जना गरी जम्मा ३१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२०

काठमाडौं, मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५२ मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका-५ का ३० वर्षीय घनश्याम लाखे र  ईलाम माङ्सेबुङ गाउँपालिका-२ बस्ने २३ वर्षीय मनोज अधिकारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०३-००१ प १३५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, दुहबी नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा १७ केजी सहित ईटहरी उपमहनगरपालिका-११ बस्ने ३७ वर्षीय महमद हजरत अली समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र सिआरभी दुहबीबाट खटिएको संयुक्त टोलीले ईटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को.२ ह ३०४४ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी चालक अली समेत ३ जनालाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगद सहित पक्राउ
२०७९-१०-२०

काठमाडौं,  पर्सा, वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका-४ बस्ने २७ वर्षीय श्याम किशोर प्रसाद साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ जमुवारपुल चोकबाट स्रोत नखुलेको भारतीय नगद २१ लाख ७ हजार १ सय रूपैयाँ सहित भारत घर भई कपिलवस्तु मायादेवी गाउँपालिका-१ ईमिलिया बस्ने २८ वर्षीय हमिद मुसलमान समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले भैरहवाबाट तौलिहवातर्फ आउँदै गरेको युपि ५५ एएम ०४५९ नम्बरको कार जाँच गर्ने क्रममा उक्त नगद फेला पारी कारका चालक मुसलमान समेत ३ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२०

काठमाडौं, काठमाडौं महानगरपालिका- १४ टेकुस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन २ हजार २ सय एम्पुल, डाईजेपाम २ हजार २ सय एम्पुल र फेनारगन २ हजार २ सय एम्पुल सहित सर्लाही हरिवन नगरपालिका-८ स्थायी ठेगाना भएका ३९ वर्षीय कैलाश बिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले ना.१ ज ५५२४ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी गाडी चालक कैलाशलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट अवैध लागूऔषध खैरो हेरोइन १० ग्राम ५ मिलिग्राम र १ थान डिजिटल तराजु सहित सिन्धुली कमलामाई नगरपालिका-११ का ३२ वर्षीय बिमल चौहानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त खैरो हेरोइन सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-७ गौरीघाटस्थित सडक किनारबाट अवैध लागौषध खैरो हेरोइन २ ग्राम र नगद १ लाख ६७ हजार ५ सय रुपैयाँ सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली कमलामाई नगरपालिका-४ का ३५ वर्षीय मनोज थापा मगर र ३३  वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले मनोजको साथबाट २ ग्राम र राम कुमारको साथबाट उक्त नगद फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा राम कुमारको काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ स्थितमा रहेको कोठाबाट थप खैरो हेरोइन २५ ग्राम र डिजिटल तराजु १ थान बरामद गरेको हो । साथै उनीहरूलाई उक्त लागूऔषध खैरो हेरोईन बिक्री गर्ने सिरहा गोलबजार नगरपालिकाका ३५ वर्षीय सिकेन्द्र साफीलाई बुद्द एयरको उडानद्दारा जनकपुरबाट काठमाडौं आएको अबस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचर काठमाडौंको आन्तरिक टर्मिनल कक्षतर्फको ट्याक्सी पार्किङबाट अवैध लागूऔषध खैरो हेरोईन ५० ग्राम सहित पक्राउ प्रहरीले पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१५ बाट अबैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५६ मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय अमन अछामे र २२ वर्षीय संजिव बिक रहेका छन् । लागूऔषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।