चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-१६
- A
- A-
- A+
काठमाडौं, चेन अनादर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ६२ वर्षीय सुभासनम साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ९ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-५ खरिपाटीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।