प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

२०७८-०७-१२

  • A
  • A-
  • A+
Share

    काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका ३७ वर्षीय सागर तामाङ समेत ६ जनालई कौडा खेलिरहेको अवस्थामा बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सागरले जुवातास खेलाइहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ६३ हजार १ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।  

यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी चौरमा जुवाको रुपमा ओखर खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ सुन्दरीजल बस्ने ४० वर्षीय जनक बहादुर तामाङ लगायत १४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । उक्त चौरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७५ हजार ६ सय ३० रुपैयाँ र  जुवा खेल्न प्रयोग भएको ११ वटा ओखर सहित पक्राउ गरेको हो । 

नुवाकोट, बिदुर नगरपालिका-५ गंगटे बस्ने २८ वर्षीय नबिन चित्रकारको कोठामा तास खेलिरहेको अवस्थामा चित्रकार लगायत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई ३ लाख ५२ हजार रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८१-०५-३०

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउमोरङ, ग्रामथान गाउँपालिका-४ कटहरा टोलस्थित बाँसघारीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने ५५ वर्षीय अहिलाल माझी समेत ९ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ लाख ५१ हजार ५ सय रूपैयाँ, १६ थान कौडा, १२ बुक तास, मोबाइल १५ थान लगायतका सरसामान सहित पक्राउ गरेको हो । बर्दिया, बाँसगढी नगरपालिका-९ चिसापानीस्थित कुशल वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दैलेख भगवती माई गाउँपालिका-२ घर भएका ३६ वर्षीय जय बहादुर सुनार समेत ४ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार २ सय ७० रूपैयाँ र २१ बुक तास सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेका ४ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।