अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-०५
- A
- A-
- A+
कञ्चनपुर, बेलौरी नगरपालिका-१० भुडाबाट करिब २ सय २० मिलिग्राम अवैध लागूऔषध कालो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार साँझ प्रहीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा टीकापुर नगरपालिका-९ बस्ने ३१ वर्षीय रबिन शाही र बेलडाँडी गाउँपालिका-२ ढकनिया बस्ने ६२ वर्षीय राजेन्द्र सिंह बिष्ट रहेका छन् । प्रहरी चौकी झिलमिला र सशस्त्र प्रहरी बल बिओपि भुडाबाट संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-५ देउराली बस्ने रित बहादुर राईलाई करिब २ किलो अवैध लागूऔषध गाँजा सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष ससूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।