प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपहरण तथा शरीर बन्धक मुद्दाका २ जना अभियुक्तहरू पक्राउ

२०७८-०६-२४

  • A
  • A-
  • A+
Share

ललितपुर, अपहरण तथा शरीर बन्धक मुद्दाका २ जना अभियुक्तहरूलाई काठमाडौं ठमेल नर्सिङ चोकबाट गत मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा पाकिस्तानी नागरिकहरू राहदानी नम्बर बिटि५८४०९११ बाहक जिसान मुहम्मद र राहदानी नम्बर एएक्स७५९७९६२ बाहक ताज रिजवान रहेका छन् । 

गत सोमबार बेलुकी ललितपुर धापाखेलस्थित सिभिल होमको ४१७ नम्बर घरबाट पीडितले झ्यालबाट भागेर गुहार मागेपछि प्रहरी पुग्दा आफू अपहरणमा परेको जानकारी गराएपछि तत्काल महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।  

पीडित सोही दिन एयर अरेवियाको फ्लाईटबाट काठमाडौं हुँदै क्यानडा जान भनी एयरपोर्टमा आएकोमा एयरपोर्टमै लिन गएका उनीहरूले धापाखेल लगी सिभिल होममा राखी डोरीले बाधी उनी क्यानडा पुगिसकेको भनि घरबाट २५ हजार अमेरिकी डलर मागेपछि पीडितले मौका छोपी झ्यालबाट भागि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट डोरी, ब्लेड, रड लगायत सामग्रीहरु बरामद गरेको छ । 

उनीहरूउपर अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरबाट १५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परीसर ललितपुरले जनाएको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०८-०९

धादिङ, गल्छी गाउँपालिका-६ चिसापानीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित रुपन्देही तिलोतमा नगरपालिका-१ बस्ने ३२ वर्षीय तिल बहादुर थारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख ७३९६ नम्बरको ट्रक जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त गाँजा फेला पारी ट्रक चालक थारुलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा पठाउने बागमती प्रदेश ०२-०३१ प ०६८० नम्बरको मोटरसाइकल चालक धादिङ गल्छी गाउँपालिका-६ बस्ने २३ वर्षीय बिमल तामाङ र सोही मोटरसाइकलमा सवार गल्छी गाउँपालिका-५ बस्ने २५ वर्षीय सुनिल तामाङलाई समेत प्रहरीले मोटरसाइकल सहित पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।