प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७८-०६-१२

  • A
  • A-
  • A+
Share

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २०७८ असोज १२ गते
 बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं कपन बालुवाखानी बस्ने खोटाङ गाउँपालिका-३ घर भएका २६ वर्षीय खगेन्द्र खत्रीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ पुस २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र नगद १० लाख ६५ हजार ९ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बालुवाखानीबाट पक्राउ गरेको हो ।
खत्रीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी ग्लोबल आईएमई बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०८-०९

धादिङ, गल्छी गाउँपालिका-६ चिसापानीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित रुपन्देही तिलोतमा नगरपालिका-१ बस्ने ३२ वर्षीय तिल बहादुर थारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख ७३९६ नम्बरको ट्रक जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त गाँजा फेला पारी ट्रक चालक थारुलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा पठाउने बागमती प्रदेश ०२-०३१ प ०६८० नम्बरको मोटरसाइकल चालक धादिङ गल्छी गाउँपालिका-६ बस्ने २३ वर्षीय बिमल तामाङ र सोही मोटरसाइकलमा सवार गल्छी गाउँपालिका-५ बस्ने २५ वर्षीय सुनिल तामाङलाई समेत प्रहरीले मोटरसाइकल सहित पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।