प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

२०८१-०१-२२

  • A
  • A-
  • A+
Share

धनुषा, गणेशमान चारनाथ नगरपालिका-१ बिरेन्द्रबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५६ ग्राम ९ मिलिग्राम र डिजिटल तराजु १ थानसहित सिरहा कर्जन्हा नगरपालिका-२ बस्ने ३५ वर्षीय ईन्दल साहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबर समेतबाट खटिएको प्रहरीले धारापानीबाट बिरेन्द्रबजारतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकल सहित चालक फरार भएको र मोटरसाइकलमा सवार ईन्दललाई नियन्त्रणमा लिई जाँच गर्दा उक्त पदार्थ फेला परेको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । 

मोरङ, रतुवामाइ नगरपालिका-६ कादुपाडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ९० मिलिग्राम र नगद ४३ हजार ५ सय रूपैयाँसहित भारत घर भएका ३४ वर्षीय फिरोज सिद्दकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-५ साउने ठिङ्बारीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २३ किलो ३ सय ग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवानगंज गाउँपालिका-२ बस्ने २४ वर्षीय पिन्टु यादव र २१ वर्षीय भरत यादव रहेका छन् । अस्थायी प्रहरी चौकी देउराली धरानबाट खटिएको प्रहरीले को.३८ प ४१७४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-२ बस्ने २३ वर्षीय रोशन गुरूङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम र नगद १० हजार रूपैयाँसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ देबरीया डेरा गरी बस्ने गौरिगंगा नगरपालिका-८ घर भएका २७ वर्षीय कबिन्द्र बखरीयालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ३० मिलिग्राम र नगद ३६ हजार रूपैयाँसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर राकसीराङ गाउँपालिका-२ ठुमको टोल बस्ने ४२ वर्षीया ईन्द्र कुमारी चेवाङ र ३६ वर्षीया फुलमाया स्याङबो रहेका छन् । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले नारायणगढ चितवनबाट वीरगंजतर्फ आउँदै गरेको बा.४ ख ५९३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०२-०५

बाँके, नेपालगञ्ज उपमहानगरपालिका-६ फुलटेक्राबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय पेशकर खटिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, खजुरा गाउँपालिका-६ सिमलघारीस्थित घुम्ति पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय देबेन्द्र शाहीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ सम्झना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने १७ वर्षीय र १६ वर्षीय २ जना किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कीर्तिपुरबाट गस्तीमा खटिएको प्रहरीले प्र.१-०२-०५३ प ६२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।सुनसरी, बराहक्षेत्र नगरपालिका-१ खारखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५० मिलिग्रामसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धनकुटा पाख्रिबास नगरपालिका-४ घर भएकी २१ वर्षीया जमुना कार्की र उनकै श्रीमान भारत दार्जिलिङ खोरीपारी थाना डुलाल जोत पोष्ट बस्ने ३५ वर्षीय जिन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका-११ रामघाटबाट नियन्त्रित लागूऔषध नुर्फिन २७ एम्पुल, डाईजेपाम २७ एम्पुल र फेनरागन २७ एम्पुलसहित सोही महानगरपालिका-१४ बस्ने १८ वर्षीय किशोर र सोही महानगरपालिका-९ बस्ने ललितपुर घर भएका संदिप मिजारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा पोखरा महानगरपालिका-९ बस्ने ३६ वर्षीय धन बहादुर गौतमको घरबाट नुर्फिन ६० एम्पुल, डाईजेपाम ६० एम्पुल र फेनारगन ६० एम्पुल फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८१-०२-०४

सुनसरी, रामधुनी नगरपालिका-६ ईचौलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय १० ग्राम ७ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी सप्तकोशी नगरपालिका-५ बस्ने ३५ वर्षीय श्याम सुन्दर खंग र सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने ४० वर्षीय श्याम प्रसाद निरौला रहेका छन् । उक्त स्थानमा लागूऔषधको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो । साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीमाथि आक्रमण गरे पश्चात आत्मरक्षा र नियन्त्रणमा लिनका लागि प्रहरीले जवाफी फायर गर्दा श्याम सुन्दरलाई गोली लागि सामान्य घाइते भएकोमा प्रहरीको निग्रानीमा सान्वी सिटी अस्पताल लविपुरमा उपचार भइरहेको छ । यसैगरी सुनसरी, भोक्राहानरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित रामधुनी नगरपालिका-१ झुम्का बस्ने ३५ वर्षीय कन्त नारायण चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल नेपालबाट संयुक्त रूपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४३ प ९५५६ नम्बरको मोटरसाइकलका चालक उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकपोइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ धम्बोझी बस्ने २६ वर्षीय बृजेश बर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसैगरी बाँके, कोहलपुर नगरपालिका-१५ चन्नहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २० मिलिग्रामसहित सोही नगरपालिका-१५ बस्ने २० वर्षीय अरविन थारू सहित ४ जनालाई  बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।महोत्तरी, बर्दिबास नगरपालिका-१ बर्दिबास बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम ६० मिलिग्राम, स्पास्मो ४ हजार ८ सय पिस र पिजिएबि-75 लेखिएको ९६ पिस ट्याब्लेटसहित बर्दिबास नगरपालिका-१४ बर्दिबास बस्ने ३९ वर्षीय ईश्वर साह र सोही नगरपालिका-१ बस्ने ३२ वर्षीय दिपक महतोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय बर्दिबास र मधेश प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

२ किलो ६५४ ग्राम कोकिनसहित तीन जना पक्राउ
२०८१-०२-०३

काठमाडौं, अवैध लागूऔषध कोकिन २ किलो ६ सय ५४ ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा युगान्डाका नागरिक ४४ वर्षीया KEVINA MUGALA र LILLIAN SUSAN WANYENZE तथा भारतीय नागरिक ३३ वर्षीया दिवाजानी पाल रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले KEVINA लाई १ किलो २ सय ६० ग्रामसहित आइतबार काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।  थप अनुसन्धानको क्रममा WANYENZE लाई १ किलो ३ सय ९४ ग्राम कोकिनसहित र उक्त लागूऔषधको कारोबारमा संलग्न दिवाजानीलाई ठमेल धोविचौरस्थित होटेलबाट बुधबार पक्राउ गरेको हो ।   उनीहरू उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८१-०२-०३

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय संजिब रिजाल र सोही बस्ने संजिब प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । लमजुङ, सुन्दरबजार नगरपालिका-७ छबिसे टोल बस्ने ४२ वर्षीय रामशरण सापकोटालाई अवैध लागूऔषध गाँजा ४ किलो ३ सय ५ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुन्दरबजार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ४ सय ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने ३१ वर्षीय दिपक बैजुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले बनेपाबाट पर्सा ठोरीतर्फ जाँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ
२०८१-०२-०३

झापा, भद्रपुर नगरपालिका-३ मेचीपारी डल्लो बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-७ पराखोपी बस्ने ३३ वर्षीय आशिष भट्टराई र बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २७ वर्षीय रोहन राजबंशी रहेका छन् । प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.११ प ५९८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।