होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०२-२०
- A
- A-
- A+
भक्तपुर, होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने कार्यमा संलग्न रहेको अभियोगमा काभ्रेपलाञ्चोक बुडोल बस्ने ओखलढुंगा लिखु गाउँपालिका-७ घर भएका ३८ वर्षीय कुल बहादुर बस्नेतलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
मध्यपुर थिमी एरियामा रहेका विभिन्न होटल तथा बर्गर हाउसमा आफूले खाएको विलको पैसा नतिरी व्यवसायीहरूलाई धाकधम्की दिई ठगी गर्न खोज्ने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुर थिमी नगरपालिका-१ मनोहरापुलबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।