भरुवा बन्दुक सहित पक्राउ
२०७८-०६-२२
- A
- A-
- A+
काठमाडौं, शंखरापुर नगरपालिका-५ खोरिया बस्ने २७ वर्षीय कृष्ण घिसिङ र उनकै बुबा ५७ वर्षीय सुकुमान तामाङलाई लोड भएको १ थान भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कृष्णको घर नजिक जमिनमा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।