प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०१-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, रूपन्देही, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिलोत्तमा नगरपालिका-२ जन प्रियपथ बस्ने ४८ वर्षीय पुरूषोत्तम भट्टराईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । भट्टराईले ती बालिकालाई २०८० फागुन १६ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

भक्तपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । फाजुले ती बालिकालाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८१-०२-०३

 काठमाडौं, जबरजस्ती करणी मुद्दामा संलग्न रही फरार रहेका २ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी पिपरा गाउँपालिका-५ घर भई काठमाडौं कलंकी बस्ने २० वर्षीय सौरभ झा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ घर भई काठमाडौं बाफल बस्ने २२ वर्षीय साजन अधिकारी रहेका छन् । काठमाडौं कलंकीस्थित लोमस गेष्ट हाउसमा २०८० भदौ २९ गते पीडितलाई पटक पटक जबरजस्ती करणी गरी फरार रहेका उनीहरूमध्ये सौरभलाई काठमाडौं बाफल र साजनलाई काठमाडौं ठमेलबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।