अवैध लागूऔषध सहित एक जना पक्राउ
२०८१-०४-०२
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने २४ वर्षीय धर्मराज बर्मालाई उनकै घर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।