प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूबा बन्दुक सहित पक्राउ

२०७९-०८-०९

  • A
  • A-
  • A+
Share

ईलाम, सूर्योदय नगरपालिका-१४ भुटेनी टोल बस्ने २६  वर्षीय राम बहादुर योङहाङलाई १ थान भरुवा बन्दुक र २ वटा फलामको डल्लो सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा राखेको भरुवा बन्दुक लिई आफ्नै बुबालाई  कुटपिट गरी मार्छु भन्दै पड्काउन खोज्दा नपड्केको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट कटुसेबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
हातहतियारसहित दुई जना पक्राउ
२०८०-१२-२४

काठमाडौं, कास्की, पोखरा महानगरपालिका-२० भलामखोर बस्ने ४२ वर्षीय दिपेन्द्र केसीलाई मेड इन स्पेन लेखेको दुईनाले बन्दुक १ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केसीले बन्यजन्तुको अबैध शिकार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त बन्दुक, मृगको जस्तो देखिने ८ सय ग्राम मासु र शिकार खेल्न प्रयोग हुने विविध सामग्रीसहित उनलाई पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-७ नेपाल भारतको सिमानामा रहेको व्यारेज पुलबाट एसएलआरको ३ राउण्ड र थ्रीनटथ्री को २ राउण्ड गोलीसहित बिनयी त्रिवेणी गाउँपालिका-७ बस्ने २९ वर्षीय राहुल थापालाई शुक्राबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिवेणीबाट खटिएको प्रहरीले उनलाई उक्त गोलीसहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।