प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली सुन दिई रकम ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

२०८२-१२-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, नक्कली सुन दिई रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका-७ घर भएका ३८ वर्षीय विजय लामा मोक्तान भन्ने धन बिर वाईबालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

सुनको बिस्कुट आकारको सुन जस्तो देखिने धातु देखाई रकमको एकदमै आवश्यक परेको भनि ललाई फकाई उक्त धातु दिई १४ लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं टोखा नगरपालिका-९ शिवमन्दिरस्थित एक होटलबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ५ सय ४७ ग्राम ६ सय ९० ग्राम तौलको बिष्कुट आकारको सुन जस्तो देखिने धातु, मोबाइल ३ थान, सुनको मुन्द्रा १ थान लगायतका सरसामान बरामद गरेको छ । 

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
हत्यामा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-२४

सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका-११ गन्जे डाँडा बस्ने ४६ वर्षीय तोई बहादुर कटवालको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-११ राम्पा बस्ने १९ वर्षीय रोशन भन्ने भुवन सिंह कार्कीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । तोई बहादुर आफ्नै घरमा शनिबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु समेतबाट खटिएको प्रहरीले भुवन सिंहलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा भुवन सिंहले आपसी वादविवादको क्रममा चक्कु प्रहार गरी तोई बहादुरको हत्या गरेको खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-२३

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-५ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-१ घर भएका ४८ वर्षीय अच्युत्तम भन्ने अच्चुत्तम प्रसाद रिसाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत महोत्तरीबाट २०८३ वैशाख २१ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-५ हाईविजन क्लोनीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी पठाइएको छ ।