प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरी फरार रहेका टिपर चालक पक्राउ

२०७९-०३-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका दोलखा गौरीशंकर गाउँपालिका-८ घर भएका रा.१ ख २७३४ नम्बरको टिपरका चालक ३२ वर्षीय ज्ञान बहादुर नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त टिपरमा चढि आएकी ती किशोरीलाई घर पुर्‍याइदिने भनि बहाना बनाई चन्द्रगिरी नगरपालिका-७ थानकोटमा पार्किङ गरी सोही टिपर चालकले शुक्रबार राति जबरजस्ती करणी गरी टिपर समेत छाडी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो ।  

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त भई करणी सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०१-०८

बर्दिया, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-८ भगतपुर बस्ने २३ वर्षीय सन्तोष न्यौपानेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  दैलेख, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुराँस गाउँपालिका-४ मुङग्रा बस्ने २१ वर्षीय धन बहादुर खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खड्काले ती महिलालाई डुङ्गेश्वर गाउँपालिका-६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट घोडाबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।