हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०८-०३
- A
- A-
- A+
बारा, आफ्नै बुबा ५० वर्षीय शुकर पासवानको हत्या गरेको अभियोगमा बिश्रामपुर गाउँपालिका-५ इटयाही बस्ने २० वर्षीय प्रदेशिक पासवानलाई कात्तिक २७ गते राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी वादविवादमा प्रदेशिकले आफ्नै बुबालाई दाउरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते शुकरको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।