प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुकसहित पक्राउ

२०८०-०१-३१

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-१२ तल्लो बसन्त बस्ने ५५ वर्षीय बुद्धेराम थिङलाई एकनाले भरूवा बन्दुक  १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनले आफ्नै घरमा अवैध बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले घर तलासी गर्दा घरको गारोमा लुकाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
पेस्तोल सहित पक्राउ
२०८१-०६-१७

ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-२ ओइराबु बस्ने २० वर्षीय उदय पन्थलाई अटोमेटिक पस्तोल १ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-२० ज्ञानपुर बस्ने ३६ वर्षीय धनिराम कुर्मीलाई कटुवा पेस्तोल १ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट राँझाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

रिभल्वर र भरूवा बन्दुक सहित तीन जना पक्राउ
२०८१-०६-०५

कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ सानो गणेशपुर चोकबाट मेड इन कानपुर लेखिएको ५ राउण्ड गोली लोड गरेको सानो रिभल्वर १ थान र गोलीको खोका १ थान सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश पिपरागाउँ वस्ती बस्ने ३२ वर्षीय प्रितम कुमार र २५ वर्षीय सुरज दुवेदी रहेका छन् । इलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको युपि ५१ एम ०५३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त रिभल्वर सहित फेला पारी पक्राउ गरेको हो ।  ताप्लेजुङ, फक्तालुङ गाउँपालिका-५ बस्ने जित बहादुर लिम्बुलाई एकनाले भरूवा बन्दुक १ थान सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका-५ स्थित देबिस्थान जंगलको ओढारमा वेवारिसे अवस्थामा रहेको ३ थान भरूवा बन्दुक फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८१-०५-२२

अछाम, पञ्चदेवल बिनायक नगरपालिका-९ ओखरगैरा बस्ने ६८ वर्षीय नन्दराम साउँद र ६७ वर्षीय चिन कार्कीलाई भरूवा बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूको घरमा बन्दुक लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कालेकाँडाबाट खटिएको प्रहरीले नन्दराम साउँदको घर नजिक बारीमा लुकाई छिपाई राखेको एकनाले भरूवा बन्दुक १ थान, सिसाको छर्रा १३ वटा र बारूद तथा चिन कार्कीको घरबाट एकनाले भरूवा बन्दुक १ थान, सिसाको छर्रा ९ वटा र बारूद फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।