लिखत सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-१७
- A
- A-
- A+
काठमाडौं, लिखत सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी डोल्पा ठूलोभेरी नगरपालिका-८ बस्ने ३३ वर्षीय भिम प्रसाद डिसीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालतबाट काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ एयरपोर्ट गेट अगाडिबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।