प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध हातहतियार सहित पक्राउ तथा बरामद

२०७९-०६-११

  • A
  • A-
  • A+
Share

अर्घाखाँची, भूमिकास्थान नगरपालिका-१ राजिमेबाट एकनाले भरूवा बन्दुक १ थान सहित सोही नगरपालिका-१ ओखटे बस्ने ४० वर्षीय जितेन्द्र भुसाल लगायत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लु.६४ प ८९०९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी दाकावाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त भरूवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

पाँचथर, याङवरक गाउँपालिका-३ स्थित गुप्तेश्वर महादेवथान मन्दिर नजिकबाट एकनाले भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने ४ वटा छर्रा र ३ थान टर्चलाईट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी नागीथर्पुबाट खटिएको प्रहरीले उक्त मन्दिर नजिक बाटोमा वेवारिसे अवस्थामा रहेको उक्त हतियार फेला पारी बरामद गरेको हो । 

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
कटुवा पेस्तोलसहित एक जना पक्राउ
२०८०-०६-११

महोत्तरी, सोनमा गाउँपालिका-५ खयरबनी चोकबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली १ राउण्ड, किल्ला उक्काउने रड २ थान र पेचकस १ थानसहित भारत बिहार राज्य सितामढी जयनगर ग्रामपंचायत-११ बस्ने २४ वर्षीय बलबिन्द्र महतोलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खैयरबनीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० के ३४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी चालक महतोलाई पक्राउ गरेको हो । साथै बिआर ५५ ए २७२५ नम्बरको मोटरसाइकल चालकले प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडी फरार भएकोमा प्रहरीले उनको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।