प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

२०८२-०५-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१५ बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ४३ वर्षीय अशोक रूम्बालाई अवैध लागूऔषध गाँजाको धुलो (पोल्यान्ड) जस्तो देखिने पदार्थ १ किलो ३ सय ६४ ग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  

यसैगरी काठमाडौं महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने धादिङ घर भएका ३५ वर्षीय कौशल लामगाढे र काठमाडौं असन बस्ने बारा कलैया उपमहानगरपालिका-३ घर भएका २७ वर्षीय रवि शाह रहेका छन् । प्रहरी वृत्त बालाजुबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-१८ चिसाखोला डेरा गरी बस्ने ३३ वर्षीय भिम बहादुर मगर समेत २ जनालाई नियन्त्रित लागूऔषध टापेन्टाडोल १३ हजार ५ सय ३० ट्याब्लेट र नगद २ लाख ३९ हजार रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-३ व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ५० मिलिलिग्राम सहित डोटी जोरायल गाउँपालिका-३ बस्ने २३ वर्षीय विजय सुब्बालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

उदयपुर, कटारी नगरपालिका-४ बस्ने ३२ वर्षीय दिपेन राईलाई नियन्त्रित लागूऔषध स्पास्मो २० ट्याब्लेट र टापेन्टाडोल २० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने ४० वर्षीया पुनम थापा मगर र उनकै छोरा २१ वर्षीय अभिषेक थापा मगरलाई अवैध लागूऔषध गाँजा १ किलो १ सय ४० ग्राम सहित पक्राउ गरेको छ ।  

दाङ, घोराही उपमहानगरपालिका-१३ डम्मुर गाउँ बस्ने २१ वर्षीय पुस्कर घर्तिलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा घोराही उपमहानगरपालिका-१३ तुरून्तपुरस्थित पुस्करको डेरा कोठा तलासी गर्दा थप ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर फेला पारी पुस्करको दाजु २७ वर्षीय कमल घर्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

मोरङ, कानेपोखरी गाउँपालिका-६ रमाइलो बस्ने २६ वर्षीय मिन बहादुर बस्नेतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४९ ग्राम ८ सय ६० मिलिग्राम सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

सुनसरी, इटहरी उपमहानगरपालिका-२ हलगडा चोकबाट अवैध लागूऔषध ट्रामाडोल ८५ ट्याब्लेट र स्पास्मो ८५ ट्याब्लेट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-४ बस्ने २० वर्षीय अनिल राई, ३५ वर्षीय प्रेम बहादुर राई, झापा कमल गाउँपालिका-३ बस्ने ३३ वर्षीय सन्तोष बस्नेत र मोरङ सुन्दरहरैंचा नगरपालिका-२ बस्ने २२ वर्षीय प्रतिक भण्डारी रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०४-२२

भक्तपुर, भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ४० मिलिग्राम सहित ललितपुर गोदावरी नगरपालिका-३ टौखेल बस्ने १९ वर्षीय सुहान रम्तेललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बा.प्र.०२-०४५ प ३७८८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ९० मिलिग्राम सहित ललितपुर, ललितपुर महानगरपालिका-२४ बस्ने ३४ वर्षीय अमित गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बा.प्र.०२-०५६ प ६२२९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, ओमसतिया गाउँपालिका-१ ठुटेपिपलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ सय ग्राम सहित सोही गाउँपालिका-२ पडसरी बस्ने २६ वर्षीय सन्जिब केवटलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ सिद्धार्थनगर नगरपालिका-९ उदयपुरस्थित उर्मिला कहारले संचालन गरेको पसलबाट खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात प्रहरी पसल तलासी गर्दा थप ९ किलो गाँजा जस्तो देखिने पदार्थ फेला पारी उर्मिलालाई समेत पक्राउ गरेको छ ।  नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१७ पिप्रहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय १० मिलिग्राम सहित बर्दघाट नगरपालिका-२ चिसापानी बस्ने ३९ वर्षीय राजु बुढा मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोबरहियाबाट खटिएको प्रहरीले बेलासपुरबाट हात्तीवनतर्फ जाँदै गरेको लु.४ प ५२८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ चुच्चेखोलास्थित चुच्चेखोला भ्यू प्वाइन्ट खाजा घरबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित खाजा घर संचालक सोही उपमहानगरपालिका-६ बस्ने ४७ वर्षीय बिदुर धिताललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  पाल्पा, रामपुर नगरपालिका-७ मोवटी सितलनगरबाट अवैध लागूऔषध गाँजा २ सय २० ग्राम सहित स्याङ्जा चापाकोट नगरपालिका-२ धर्कोट बस्ने २५ वर्षीय विनोद थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले लु.प्र.०१-०११ प ६५०२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-१७ झिंगै बस्ने २४ वर्षीय बिष्णु घर्ती क्षेत्री समेत ५ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बेलझुण्डी दाङबाट खटिएको प्रहरीले बिष्णुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कस्थित थुम्बेदिन होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-५ बस्ने १९ वर्षीय ईकवाल अनसारी समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी झापा, कन्काई नगरपालिका-४ कोटीहोमबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  धनकुटा, पाख्रीबास नगरपालिका-५ माङमायाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४४ ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभा खाँदबारी नगरपालिका-९ बस्ने २२ वर्षीय सौजन लिम्बु र धनकुटा महालक्ष्मी नगरपालिका-५ बस्ने १९ वर्षीय समिर राई रहेका छन् । इलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बारा, महागढीमाई नगरपालिका-१० गोवास टोलबाट अवैध लागूऔषध गाँजा करिब २५ ग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय २ ट्याब्लेट सहित बुटवल उपमहानगरपालिका-६ तिलोत्तमा पथ बस्ने ४८ वर्षीय कपिल बज्रचार्यलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०४-२१

काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नहरूमा भारत उत्तर प्रदेश लुधियाना ठेगाना भएका ४३ वर्षीय RENKU MEHEN र भारत उत्तर प्रदेश जोया ठेगाना भएका ३२ वर्षीय MOHAMMAD HASNAIN रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा रिसिभ गर्न MOHAMMAD समेत ३ जनाले भारत उत्तर प्रदेश लुधियानाबाट युपि ३८ एपि १९७३ नम्बरको गाडी लिई काठमाडौं आएको भन्ने खुल्न आएपश्चात प्रहरीले खोजी गर्ने क्रममा धादिङ धुनिवेशी नगरपालिका-९ कानाकोटस्थित सडक छेउमा पार्किङ गरी राखेको अवस्थामा उक्त गाडी फेला पारी तलासी गर्दा थप ५ सय ग्राम गाँजा फेला परेको हो । प्रहरीले हाल फरार २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्‍यक अनुसन्धान गरिरहेको छ ।

करिब ६ सय ४७ किलो गाँजा सहित दुई जना पक्राउ
२०८३-०४-२१

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ४७ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-३ बस्ने २७ वर्षीय उमेश थिङ तामाङ र धनकुटा शहिदभूमि गाउँपालिका-१ बस्ने ३६ वर्षीय तुलाराम राई रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले विराटनगरतर्फ जाँदै गरेको ना.३ ख ५०९५ नम्बरको ट्रकलाई जाँच गर्दा लुकाई छिपाई ल्याइएको ४८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक उमेश र सहचालक तुलारामलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०४-२१

काठमाडौं महानगरपालिका-१६ वाईपास बस्ने ५३ वर्षीया शान्ती नगरकोटीलाई नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, बुप्रेनोर्फिन १७ एम्पुल, प्रमोथाजाइन १७ एम्पुल र नगद २ लाख २६ हजार ८ सय ५० रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, देवचुली नगरपालिका-२ सिजि अगाडि अंकित रेष्टुरेन्ट एण्ड लजबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४१ एम्पुल, बुप्रेनोर्फिन ४० एम्पुल र फेनारगन ३९ एम्पुल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने ३५ वर्षीय मन्जिल श्रेष्ठ र सोही नगरपालिका-१३ बस्ने ४० वर्षीय राम प्रसाद अर्याल रहेका छन् । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले लजको १०९ नम्बरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सिन्धुली, दुधौली नगरपालिका-९ श्रीमन पेट्रोपम्प नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४४ ग्राम ३ सय ४० मिलिग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सिराहा लक्ष्मीपुर पतारी गाउँपालिका-२ बस्ने २९ वर्षीय उमेश कुमार यादव, २५ वर्षीय गुल्सन प्रसाद साह र लहान नगरपालिका-१० बस्ने ३० वर्षीय रमेश कुमार राम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले मिर्चयाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.१६ च ७८४६ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १३ ट्याब्लेट र स्पास्पेन २ सय ९५ ट्याब्लेट र स्पारेष्ट १० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१३ बस्ने २२ वर्षीय अनिष तामाङ समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, दुहबी नगरपालिका-५ फुटबल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रम सहित इटहरी उपमहानगरपालिका-९ बस्ने २२ वर्षीय निमा शेर्पालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ जन्ताबस्ती बस्ने २३ वर्षीय बादल चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ९० मिलिग्राम सहित इलाम सुर्योदय नगरपालिका-४ बस्ने २६ वर्षीय सलमान थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित मण्डल खाजा घरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ४५ ग्राम २ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित खाजा घर संचालक सोही ठाउँ डेरा गरी बस्ने भारत मोतिहारी पूर्वी चम्पदा झाचार घर भएका ४० वर्षीय चंदेश्वर महतोलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  भक्तपुर, सूर्यबिनायक नगरपालिका-५ सल्लाघारीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४२ एम्पुल, बुप्रेनोर्फिन ४२ एम्पुल र फेनारगन ४३ एम्पुल सहित भक्तपुर नगरपालिका-९ च्यामासिंह बस्ने २२ वर्षीय रितिक प्रजापतीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ४० मिलिग्राम सहित बेलबारी नगरपालिका-१ बस्ने ३१ वर्षीय अजय साहीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२७ प ७०७१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, धनपालथान गाउँपालिका-२ भवानीपुरस्थित बारीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ  करिब ९६ किलो १ सय ९८ ग्राम बुधबार साँझ प्रहरीले बरामद गरेको छ । धनपालथान गाउँपालिका-२ स्थित नेपालबाट भारततर्फ लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली समेतबाट खटिएको प्रहरीले सोही नगरपालिका-१ नोचा बस्ने २७ वर्षीय सुमन कुमार साह र २७ वर्षीय अमर साहलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त स्थानमा लागूऔषध रहेको खुल्न आएपश्चात ३ वटा पोकामा रहेको उक्त पदार्थ फेला पारी प्रहरीले बरामद गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ९ सय ४० मिलिग्राम सहित लेटाङ नगरपालिका-२ बस्ने २५ वर्षीय बिकाश भुजेल समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, म्याग्दे गाउँपालिका-२ जामुनेबाट नियन्त्रित लागूऔषध फेनारगन ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र बुप्रेनोर्फिन ११ एम्पुल सहित शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा बस्ने ३० वर्षीय अमन पौडेल समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले दमौलीबाट थर्पुतर्फ आउँदै गरेको ग.१६ प ४५९६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लगूऔषध सहित पक्राउ गरेको हो ।  बझाङ, जयपृथ्वी नगरपालिका-११ धामीलेखस्थित जोशी किराना एण्ड वाइन कर्नरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५० ग्राम ५१ मिलिग्राम सहित उक्त पसलका संचालक सोही ठाउँ बस्ने ४८ वर्षीय जयराज जोशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ बस्ने ३१ वर्षीय सेराज बेहेनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २० किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-११ बस्ने ४१ वर्षीय मोहन गोले र ३९ वर्षीय भिम बहादुर स्याङ्ताङ रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०४-२०

काठमाडौं, काठमाडौं मित्रनगरस्थित गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन ४३ ग्राम, डिजिटल तराजु २ थान, मोबाइल ११ थान र नगद ५० हजार रूपैयाँ सहित ३ जनालाई साउन १४ गते प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुंगा खिजीदेम्बा गाउँपालिका-७ घर भएका ३४ वर्षीय हित बहादुर बस्नेत, सप्तरी राजगढ गाउँपालिका-७ घर भएका १९ वर्षीय रामकृष्ण शर्मा र धनुषा जनकनन्दिनी गाउँपालिका-३ घर भएका २१ वर्षीय धनन्जय पासवान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले भुजाको बोरामा लागूऔषध लुकाई छिपाई सप्तरीबाट काठमाडौं आउने हायसमा पठाई मोटरसाइकलबाट निगरानी गर्दै काठमाडौं सम्म ल्याउने गरेको, काठमाडौंमा लागूऔषध माग गर्ने व्यक्तिहरूलाई इनड्राइभ मार्फत रकम पठाउन लगाई रकम प्राप्त गरे पश्चात फेरी अर्को इनड्राइभ बुक गरी लागूऔषध डेलिभरी गर्ने गरेको खुल्न आएको छ ।    बर्दिया, बाँसगढी नगरपालिका-५ मैनापोखर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय किरण नेपाली र ३६ वर्षीय सतिराम थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले दमौलीबाट बासगढीतर्फ आउँदै गरेको भे.५ प २०३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-१ लसुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६७ मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-९ दुधे बस्ने काभ्रे रोशी गाउँपालिका-१२ घर भएका ३० वर्षीय बिराज भुजेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोद समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।