अवैध लागुऔषध गाँजा सहित पक्राउ तथा बरामद
२०७९-०४-१६
- A
- A-
- A+
झापा, मेचिनगर नगरपालिका-१४ दुवागढी बस्ने ५० वर्षीया जेगुन खातुनलाई करिब २ किलो ५ सय ग्राम अवैध लागुऔषध गाँजा सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरभित्र लुकाई राखिएको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
बारा, सिम्रौनगढ नगरपालिका-२ स्थित सडकबाट करिब ३५ किलोग्राम अवैध लागुऔषध गाँजा आइतबार साँझ प्रहरीले बरामद गरेको छ । बीआर २२ एएल ५६६७ नम्बरको मोटरसाइकलमा उक्त गाँजा ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले मोटरसाइकल र गाँजा सोही स्थानमा छोडेर फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।