ट्राफिक नियन्त्रण तथा रेखा चित्रण दोस्रो समूहको तालिम सञ्चालन
२०७९-०३-१२
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखा चित्रण दोस्रो समूहको तालिम सञ्चालन भएको छ ।
सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले आइतबार आयोजित एक कार्यक्रमबीच तालिम उद्घाटन गर्दै ट्राफिक प्रहरी कर्मचारीलाई ट्राफिक कार्यमा व्यावसायिक, दक्ष एवं सिपयुक्त बनाउन तालिम सञ्चालन गरिएको बताउनुभयो । साथै उहाँले बढ्दो सवारी दुर्घटना नियन्त्रण तथा अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरुलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके अनुसन्धान सहज हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक बाल नरसिंह राणाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ७ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार २ जना, प्रहरी हवल्दार ५ जना, प्रहरी सहायक हवल्दार १३ जना र प्रहरी जवान २४ जना गरी कुल ४४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।