प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राहदानी बनाइदिने भनी बिचौलियाको काम गर्ने तीन जना पक्राउ

२०८२-०८-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१८ बस्ने ४५ वर्षीय मनराज श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने बझाङ बित्थडचिर गाउँपालिका-६ घर भएका १९ वर्षीय हेमन्त सिंह ओखेडा र ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने प्युठान, प्युठान नगरपालिका-८ घर भएका ३० वर्षीय दिपेश के.एम रहेका छन् । 

राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भनी विभिन्न प्रलोभन देखाई अतिरिक्त रकम लिई दु:ख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीहरूको कामकारवाहीमा समेत अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ । 


सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०२-०८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने धादिङ घर भएका ३७ वर्षीय शरण थापा, काठमाडौं महानगरपालिका-३२ बस्ने मोरङ घर भएका ३७ वर्षीय विष्णु सिलवाल, झापा बिर्तामोड नगरपालिका-१० बस्ने ४५ वर्षीय उत्तम गुरूङ, काठमाडौं महानगरपालिका-३२ बस्ने २९ वर्षीया प्रियंका कुमारी चौधरी, काठमाडौं महानगरपालिका-३२ बस्ने सुनसरी घर भएका ३१ वर्षीय अर्जुन कुमार चौधरी रहेका छन् ।पक्राउ मध्ये शरणले सिङ्गापुर पठाइदिन्छु भन्दै ४३ जना पीडितहरूबाट ५ करोड १ लाख १२ हजार रूपैयाँ, विष्णुले मकाउ पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ११ लाख रूपैयाँ, उत्तमले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रूपैयाँ,  प्रियंकाले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ र अर्जुनले पोर्चुगल पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शरणलाई काठमाडौं महानगरपालिका-१० बाट, विष्णुलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट, उत्तमलाई काठमाडौं महानगरपालिका-६ बाट, प्रियंकालाई काठमाडौं महानगरपालिका-११ बाट र अर्जुनलाई काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-०८

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रे मण्डनदेउपुर नगरपालिका-४ छेडा बस्ने सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दिपेन्द्र भुजेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । २०८२ वैशाख ३० गते काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित नयाँपाटीमा बलिन्द्र प्रकाश राईलाई कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा पुर्पक्षमा रही केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा रहेकोमा २०८२ भदौ २४ आन्दोलनको क्रममा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले  काभ्रे मन्डनदेउपुर नगरपालिका-४ छेडाबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ ।