अवैध लागूऔषध खैरो हेरोइनसहित कञ्चनपुर र मोरङबाट तीन जना पक्राउ
२०८०-१२-१४
- A
- A-
- A+
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराइज नानपारा उत्तर प्रदेश बस्ने १९ वर्षीय संजय बालमिक र भारत शाहजपुर उत्तर प्रदेश बस्ने १९ वर्षीय अर्जुन बालमिक रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१७ इस्लामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्रामसहित भारत बिहार अररिया जोगवनी-१७ बस्ने ३२ वर्षीय मो.इभरामलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवामा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३८ एजि ४२३७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक इभरामलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।