प्रहरी हुँ भनि धम्काउने व्यक्ति पक्राउ
२०८३-०३-०५
- A
- A-
- A+
काठमाडौं, प्रहरी हुँ भनि धम्काउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बस्ने ४७ वर्षीय शैलेश डंगोललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-३२ पुटबल ग्राउण्डस्थित प्रहरीले प्रयोग गर्ने Walkie-Talkie सेट देखाई प्रहरी हुँ भनि धाक धम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।