अवैध लागूऔषध सहित पक्राउ
२०७९-०६-११
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-३१ मिलन चौकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित मकवानपुर राक्सिराङ गाउँपालिका-१ रायसी बस्ने ३४ वर्षीय सिमन चेपाङ समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जितपुरबाट बिरुवागुठीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ह ९७५ नम्बरको अटो प्रहरी चौकी मिलनचौकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक समेत अटोमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।