प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

२०८२-०१-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-५ घर भएकी ३३ वर्षीया नेहा अधिकारी र काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने गोरखा, गोरखा नगरपालिका-४ पोखरीथोक घर भएकी ४१ वर्षीया सविना शाक्य रहेका छन् । 

जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ अनुमती जारी भई फरार रहेकी नेहालाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट र जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी सविनालाई काठमाडौं महानगरपालिका-२८ डिल्लीबजारबाट प्रहरीले पक्राउ गरेको हो ।  

पक्राउ मध्ये नेहालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर र सविनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-१२-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नगरपालिका-१० बस्ने काभ्रे घर भएकी ४७ वर्षीया कुमारी मगर तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८२-१२-२७

सुनसरी, कोशी गाउँपालिका-८ भण्टावारीबाट स्रोत नखुलेको नगद ६ लाख ४८ हजार ७ सय १० नेपाली रूपैयाँ र १२ हजार ९ सय ५० भारतीय रूपैयाँ सहित २ शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका-५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमाननगर-१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२१ प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अपराधिक षडयन्त्र तथा अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-१२-२७

काठमाडौं,अपराधिक षडयन्त्र तथा अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने सिन्धुपाल्चोक घर भएका ५६ वर्षीय गोपाल श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत रूपन्देहीबाट अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिक-२८ बागबजारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देही पठाइएको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८२-१२-२६

ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्ने झापा कमल गाउँपालिका-६ घर भएका ३३ वर्षीय सुमित नेम्वाङ र उनकै भाइ २५ वर्षीय सृजन नेम्वाङको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-९ भोलढोका बस्ने ३२ वर्षीय संजिव नेपाली र सोही महानगरपालिका-८ सुबहाल बस्ने नवलपरासी पूर्व घर भएका २१ वर्षीय गगन सुनार रहेका छन् । ललितपुर  महानगरपालिका-१२ कृष्ण मन्दिरस्थितमा बुधबार बेलुकी दुई पक्ष बीच विवाद हुँदा चक्कु प्रहारबाट घाइते भएका सुमित र सृजनको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न संजिव र गगनलाई पक्राउ गरेको  हो । साथै प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग भएको  १ थान चक्कु समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अनलाइन जुवा खेलाउने कार्यमा संलग्न ९ जना पक्राउ
२०८२-१२-२६

काठमाडौं, अनलाइन जुवा (सट्टेबाजी) खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना भारतीय नागरिक र ६ जना नेपाली नागरिक गरी ९ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ललितपुरका विभिन्न स्थानमा अवैध रूपमा अनलाइन जुवा खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-२३ हात्तिवनस्थित सिटी स्केप अपार्टमेन्टबाट उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ल्यापटप ८ थान, मोबाइल २४ थान, विभिन्न कम्पनीका भारतीय र नेपाली सिम कार्ड ३१ थान र क्याल्कुलेटर ३ थान समेत बरामद गरेको छ । उनीहरूले ३१ करोड २४ लाख ३४ हजार ९ सय २० रूपैयाँ ३२ पैसा बराबरको अनलाइन जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।