प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ७४ जना पक्राउ

२०७८-०७-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, पर्वत, जलजला गाउँपालिका-३ मल्लाज माझफाट बस्ने कृष्ण बरुवालको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय मोहन जिसी लगायत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार ६ सय ९० रुपैयाँ र तास सहित  पक्राउ गरेको हो । 

नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-१ मिलन टोल बस्ने ओम ढकालको घरबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४९ वर्षीय भिम लाल शर्मा लगायत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८९ हजार ३ सय ८० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-४ गल्ली नम्बर ५ मा बस्ने ३५ वर्षीय बुद्धि सागर शर्माको बिलियड स्नोकर एण्ड पुल एसोसियसनमा तास खेलिरहेको अवस्थामा शर्मा लगायत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त एसोसियसनमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ७ सय ११ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

दाङ, घोराही उपमहानगरपालिका-१४ रझेना बस्ने २५ वर्षीय यज्ञ खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा रोल्पा रून्टीगढी गाउँपालिका बस्ने ४३ वर्षीय रूपलाल बिक लगायत २० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ६४ हजार ८ सय ८१ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । 

बर्दिया, गुलरिया नगरपालिका-७ गुलरियागाउँ बस्ने रमेश यादवको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय रमेश यादव लगायत ९ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ उनीहरुलाई नगद १ लाख ९८ हजार ५ सय ५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

कैलाली, बर्दगोरिया गाउँपालिका-६ पृथ्वीपुरस्थित कच्ची घरमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-५ बस्ने ३६ वर्षीय शुनिल चौधरी लगायत १८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ उनीहरुलाई नगद १ लाख ८० हहार ७ सय ५० रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
२०८१-०१-१३

काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने मुस्ताङ घरपझोङ गाउँपालिका-२ घर भएका ६७ वर्षीय सानु पन्ना चनले संचालन गरेको खाजा घरमा जुवा (पारा) खेलिरहेको अवस्थामा चन समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग गरेको नगद ८८ हजार रूपैयाँ , सिक्का ४६ थान, सेपर १ थान, लुडो ४ थान र सिमीको दाना सहित पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुरस्थित लाल बहादुर सिंहको कालीका रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भिमदत्त नगरपालिका-१८ बस्ने ४५ वर्षीय आशिष कुमार खत्री समेत ११ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ३ सय २९ रूपैयाँ र १३१ पत्ती ताससहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-८ ग्वार्कोस्थित सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय बिषु तामाङको नन स्टप डान्स बारमा कौडा खेलिरहेको अवस्थामा तामाङ समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३७ हजार ९ सय ६० रूपैयाँ र १९ पिस कौडासहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर र कैलालीबाट १३ जना पक्राउ
२०८१-०१-०९

कञ्चनपुर, बेलौरी नगरपालिका-६ हात्तिबोझा बस्ने ४६ वर्षीय मण्डी बडायकको नास्ता पसल छेउमा रहेको कोठामा जुवातास खेलिरहेको अवस्थामा बडायक समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहररूलाई नगद ११ हजार ५ सय १० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित सोही ठाउँ बस्ने ४२ वर्षीय करन चन्दको होटल रेड्सन प्लाजामा जुवातास खेलिरहेको अवस्थामा चन्द समेत ५ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अत्तरिया मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५५ हजार २ सय रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।