प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुकसहित पक्राउ

२०८०-११-२९

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालिका-१३ फुलासी घ्याङडाँडास्थित जङ्गलबाट अवैध भरूवा बन्दुक १ नालसहित सोही नगरपालिका-११ काउले बस्ने ४२ वर्षीय कुमार तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

भरूवा बन्दुक लिई हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी फुलासीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  


सम्बन्धित समाचार