भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८३-०२-०१
- A
- A-
- A+
धादिङ, बेनीघाट रोराङ गाउँपालिका-२ होबाङ बस्ने २८ वर्षीय बिराज तामाङ र ३८ वर्षीय सानु कान्छा तामाङलाई भरूवा बन्दुक २ थान सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।