प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८३-०५-२८

  • A
  • A-
  • A+
Share

संखुवासभा, मादी नगरपालिका-४ पुरानो गाउँ बस्ने ४२ वर्षीय कुल बहादुर जिमिलाई भरूवा बन्दुक ३ थान सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय चैनपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुकहरू फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध हातहतियार निर्माण गरी बिक्री वितरण गर्ने तीन जना पक्राउ
२०८३-०५-२५

गुल्मी, अवैध हातहतियार निर्माण गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको   छ । पक्राउ गर्नेहरूमा छत्रकोट गाउँपालिका-५ बस्ने ४७ वर्षीय बुद्धि बहादुर कामी, ४१ वर्षीय झग बहादुर विक र ६० वर्षीय प्रेम बहादुर सिंजाली रहेका छन् ।  अवैध हातहतियार निर्माण गरी बिक्री वितरण समेत गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट भरूवा बन्दुक ९ थान, बन्दुकको नाल ४२ थान, काठको निर्माण हुँदै गरेको कुन्जी (बट) ८ थान, काठको बट ५ थान, फलामको गज २ थान, गोली छर्रा २ सय २१ थान, बन्दुकको चाँप पुर्जा ७ थान, बारूद जस्तो देखिने पदार्थ ८९ ग्राम ८५० मिलिग्राम, जंगली जनावरको ओखेटोपहार, हड्डी, छाला,  भरूवा बन्दुकमा लाग्ने गोली ३ थान लगायतका सरसामान समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।