भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८३-०५-२८
- A
- A-
- A+
संखुवासभा, मादी नगरपालिका-४ पुरानो गाउँ बस्ने ४२ वर्षीय कुल बहादुर जिमिलाई भरूवा बन्दुक ३ थान सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चैनपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुकहरू फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।